शुक्रबार, अशोज ३, २०७६
Prabhav News

प्रभाव न्यूजको समाचार प्रभाव : दिक्तेल बजारका भुस्याहा कुकुर व्यवस्थापन गरिने



प्रभाव न्यूजको समाचार प्रभाव : दिक्तेल बजारका भुस्याहा कुकुर व्यवस्थापन गरिने

“दिक्तेल बजारमा भुष्या कुकुरको बिगबिगी, जोगिएर हिड्नै मुस्किल” शिर्षकको समाचार प्रभाव न्यूज डटकमले गत आईतबार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भुस्याहा कुकुरको व्यवस्थापन गर्ने चासो देखाएको छ ।

पछिल्लो समयमा भुस्याहा कुकुरका कारण साँझमा नै बजारमा आवतजावत गर्न डरमर्दो हुन थालेपछि नगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापन गर्ने योजना बनाएको बताएको हो ।

प्रत्येक महिनाको २ गते गरिदै आएको “सुशासनका लागि मिट द प्रेस” मा दिक्तेबजारमा भएका भुस्याहा कुकुरलाई मंगलबारबाट नै व्यवस्थापनमा लागिने नगर प्रमुख दिपनारायण रिजालले बताए । साँझ पर्ने वितिक्कै भुस्याहा कुकुरको जमात हुने र एक्लै हिडेका मानिस टोक्नलाई आक्रमण गर्नेसम्मका घट्ना हुन थालेपछि भुस्याहा कुकुर व्यवस्थापन गर्नैपर्ने स्थिति आएको हो ।

मानव जनजीवनसँग महत्व राख्ने भुस्याहा कुकुर व्यवस्थापनमा नगरवासी तथा कुकुर धनीहरुले आफ्नो कुकुरलाई बेल्ट तथा घरैमा राखेर भुस्याहा कुकुर नियन्त्रणमा सहयोग गर्न नगरले आव्हान गरेको छ । रातको समयमा चोकचोकमा भेला भएका भुस्याहा कुकुरहरुले कराए वातावरण विथोल्ने तथा मोटरबाईक र मानिसलाई सामूहिक रुपमा आक्रमण गर्ने गरेको छ ।

प्रकाशित समाचार हेर्नुहोस् :

 

दिक्तेल बजारमा भुष्या कुकुरको बिगबिगी, जोगिएर हिड्नै मुस्किल

प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology