शुक्रबार, अशोज ३, २०७६
Prabhav News

चट्याङ लागेर उदयपुरमा एकको मृत्यु, एक घाइते



चट्याङ लागेर उदयपुरमा एकको मृत्यु, एक घाइते फाईल तस्विर

उदयपुर– उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते पूर्णको उपचार जिल्ला अस्पतालमै भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology