बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

आज साउन महिनाको अन्तिम सोमबार, खोटाङको हलेसीमा भक्तजनको बाक्लो भीड



आज साउन महिनाको अन्तिम सोमबार, खोटाङको हलेसीमा भक्तजनको बाक्लो भीड

खोटाङ – आज साउन महिनाको अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अवशरमा खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा दर्शनार्थीको बाक्लो भीड लागेको छ ।

प्रदेश नम्बर–१ को खोटाङ जिल्लामा पर्ने हलेसीमा बोलबमको अवशरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हेलीकोप्टरमार्फत हलेसी आएका छन् ।

यस्तै, काठमाडौ, बिराटनगर, धरान, जनकपुर, पोखरा, धरानलगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर दर्शन गर्नका लागि हलेसीमा आएका छन् ।

हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका आधारमा दर्शनार्थीहरु बिगतका वर्षहरुमा भन्दा यस वर्ष अत्याधिक आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बोलबमका लागि आएका दर्शनार्थीको भीडलाई नेपाल प्रहरी र हलेसी तुवाचुङ नगरपालिकाका स्वयमसेवकले लाईनमा राखेर दर्शन गराएका छन् । बोलबममा दूधकोसीको जल ल्याएर हलेसीमा चडाउँने गरिन्छ ।

प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology