बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

म्यान युनाइटेड र चेल्सीलाई सुखद् सुरुवातको सकस, आमने सामने हुँदै

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६


म्यान युनाइटेड र चेल्सीलाई सुखद् सुरुवातको सकस, आमने सामने हुँदै

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती दुई पूर्व विजेता चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन्। यो खेल म्यान युनाइटेडको मैदानमा हुने छ।

उपाधि दावेदार दुवै टोली प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छन्। म्यान युनाइटेडले प्रिमियर लिगका पछिल्ला चार सिजनमा आफुले खेलेको पहिलो खेल जितेको छ। तर उसले आफ्नै मैदान ओल्ड ट्राफोर्डमा पछिल्लो समय गतिलो प्रदर्शन गर्न सकेको छैन।

गत सिजन उसले घरेलु मैदानमा खेलेका लिग खेलमा केवल दुई खेलमा मात्र विपक्षीलाई गोल गर्नबाट रोकेको थियो। चेल्सीले भने ओल्ड ट्राफोर्डमा खेलेका पछिल्ला ६ खेलमा जित हात पार्न सकेको छैन।

यसबीचमा उसले चार हार र दुई बराबरीको नतिजा निकालेको थियो। इङ्ल्यान्डको घरेलु लिग फुटबल प्रिमियर लिगका रुपमा आयोजना हुन थालेयता म्यान युनाइटेड सर्वाधिक १३ पटक विजेता बनेको छ। त्यसपछि सबैभन्दा बढी जित्ने टोली चेल्सी नै हो। उ पाँचपटक विजेता बनेको छ।

प्रिमियर लिगमा अन्तिमपटक चेल्सी सन् २०१६/१७ र म्यान युनाइटेड सन् २०१२/१३ सिजनमा विजेता बनेको थियो।

प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology