बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

यस वर्ष ४३ जिल्लामा डेंगु सङ्क्रमण, सुनसरीमा मात्रै ३ हजारभन्दा बढी बिरामी

  • प्रभाब न्युज
  • समाचार
  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६


यस वर्ष ४३ जिल्लामा डेंगु सङ्क्रमण, सुनसरीमा मात्रै ३ हजारभन्दा बढी बिरामी

पूर्वी तराईको सुनसरीमा वैशाखदेखि फैलिएको डेंगुको महामारी नियन्त्रण लिन सरकारलाई हम्मे परेको छ।

महामारी देखिएको तीन महिना बितिसक्दा पनि रोग नियन्त्रणका लागि जारी प्रयास निरर्थक बन्दै गएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन २४ गतेसम्म सुनसरीमा मात्रै ३ हजार २५ जनामा संक्रमण देखिएको छ।

महाशाखाका अनुसार प्रदेश १ का १० जिल्लामा डेंगुका बिरामी भेटिएका छन्, जसमध्ये सुनसरीमा ८१, झापामा २९ बिरामी भेटिएका छन्।

कम संख्यामा संखुवासभा, ताप्लेजुङ, इलाम र भोजपुरमा पनि डेंगु देखिएको छ। रोग नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने, लार्भाको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान जारी राखे पनि रोग नियन्त्रणमा आउन नसकेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष प्रदेश ३ को मकवानपुरमा ८३, चितवनमा २३, गण्डकी प्रदेशको कास्कीमा २१, प्रदेश ५ को रुपन्देहीमा ५५र नवलपरासीमा ११ बिरामी भेटिएका छन्।

सात प्रदेशमध्ये सबैभन्दा कम कर्णालीको सल्यानमा एकजनामात्रै बिरामी भेटिएको छ। सुदूरपश्चिमको दार्चुलासँगै कैलाली, कन्चनपुर, डडेल्धुरा र अछाममा गरी १२, प्रदेश ५ का ९ जिल्लामा ९६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश तीन का ९ जिल्लामा १ सय २६ र प्रदेश २ का चार जिल्लामा १२ बिरामीमा डेंगु संक्रमण पुष्टि भएको छ।

प्रदेश १ का १० जिल्लामा ३ हजार १ सय ५२ बिरामी देखिएकामा झापा, मोरङ र सुनसरीमा यो संख्या सबैभन्दा बढी छ।

यो वर्ष हालसम्म यो वर्ष ४३ जिल्लामा डेंगुका बिरामी भेटिएका महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख डा. विवेक लालले नियमित रूपमा डेंगु नियन्त्रण तथा बच्ने उपायबारे सूचना प्रवाह भइरहेको र लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य सञ्चालन हुँदै आएको बताए । समुदाय जागरुक र सचेत नबनेसम्म रोग नियन्त्रणमा लिन कठिन हुने उनले बताए।

विज्ञहरूका अनुसार डेंगुको एडिज लामखुट्टेले संक्रमित मानिसलाई रोकेर स्वास्थ मान्छेलाई टोक्दा सर्छ।

सफा पानीमा बस्ने, दिउँसो टोक्ने प्रकृतिको यो लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु सर्नबाट जोगिने उपाय हो।
-नेपालन्युज

प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology