बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

जिल्ला अस्पताल खोटाङमा बिरामीको चाप बढ्यो, भुईमै राखेर उपचार गर्नुपर्ने बाध्यता

  • प्रभाब न्युज
  • स्वास्थ्य
  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६


जिल्ला अस्पताल खोटाङमा बिरामीको चाप बढ्यो, भुईमै राखेर उपचार गर्नुपर्ने बाध्यता

खोटाङ –  जिल्ला अस्पताल खोटाङमा विरामीको चाप बढेको छ । मौसमी विरामी तथा विभिन्न स्वास्थ्य चौकीहरुले रेफर गरेका विरामीहरुको कारण चाप बढेको हो । विरामीको चाप बढेपछि उपचारमा ढिलाई तथा समस्या हुन थालेको छ ।

जिल्लामा रहेको एकमात्र १५ शैयाको सरकारी अस्पतालमा विशेषगरि झाडापखाला, आउँ, टाईफाईड र टंसिलका विरामीको दैनिक रुपमा चाप बढ्न थालेपछि सुविधा दिन समेत समस्या भएको अस्पतालले बताएको छ ।

नीजि क्लिनिक, अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुले विरामी रेफर गर्दा विरामीको संख्या दैनिक बढिरहेको बताईएको छ ।

अस्पतालमा सर्ने रोग, नसर्ने रोग, छाला, ग्याष्ट्रिकका विरामीहरुको संख्या पहिले तथा अघिल्ला महिनाहरुमा भन्दा बढ्दो मात्रामा रहेको छ । अस्पतालको अन्तरङग विभाग र बहिरङ्ग विभागमा दैनिक सयदेखी डेढ सयको संख्यामा विरामी आउने गरेको छन् । गत असार ११९ जना विरामी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा बढीमात्रामा सर्ने र नसर्ने रोगका विरामीहरु बढेको निमित्त कार्यालय प्रमुख रोशन ग्वाछाले बताए । ग्वाछा भने,‘ झाडापखाला, टाइफाइड, घाटीको इन्फेक्सन सुगर, प्रेसर, दम र डरलाग्दो रुपमा डिप्रेसनका विरामी आउने गरेका छन्, कुनै समय त विरामीको चाप अत्याधिक हुने गरेका कारण भुईमै राखेर उपचार गर्छौ ।” मौसम अनुसार पानी उमालेर नपिउनु, मानिसको लाइफस्टाईलमा परिवर्तन हुनु र विलासिता कारण यस्ता किसिमका विरामीको संख्या बढेर गएको उनको भनाई छ ।

तीन जना कर्मचारीको दरबन्दी भए पनि दुईजना सरकारी चिकित्सक र चारजना करारका स्वास्थ्यकर्मीहरुले विरामीहरुलाई उपचार र चेकजाँज गरिरहेका छन् ।

विरामीको चाप बढे पनि प्रशस्त स्वास्थ्यकर्मी नहुंदा विरामीले छिटो छरितो सुविधा पाउन समस्या हुने गरेको छ । पहाडी जिल्लामा दरबन्दी अनुसारको कर्मचारी नहुनु, मौसमी रोग, सरुवा रोग र नसर्ने रोगका विरामीहरु दिनानु बढेर जाँदा १५ शैया भए पनि अस्पतालले बाध्यात्मरुपमा २६ शैया सञ्चालन गरेको बताईएको छ । ती शैयामा समेत विरामी नअट्ने तथा ओपिडीमा समेत भीड लाग्नाले कतीपय विरामी फर्कन बाध्य छन् ।

अस्पतालमा एकजना सरकारी दरबन्दी खाली रहेको छ । एकजना एमडिजिपि डाक्टर र अन्य तीनजना स्वास्थ्यकर्मी पनि करारमा छन् । गएको असारमा मात्रै ओपिडीमा दुई हजार चार सय ४१ जना र इनडोरमा पाँच सय ३७ जनाको उपचार गरिएको छ । २७ जनाको प्रसुतीमा सात जनाको शल्यक्रिया, २० जनाको सुरक्षित गर्भपतन गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology