बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

राहत वितरणमा मन्त्रीले रँजाइ गरेको सांसदको आरोप

  • प्रभाब न्युज
  • राजनीति
  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६


राहत वितरणमा मन्त्रीले रँजाइ गरेको सांसदको आरोप

प्रदेश २ को सभामा प्रतिपक्षी नेकपा र कांग्रेसले संयुक्त रूपमा जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन्।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो।

नेकपा सांसद सुन्दरबहादुर विश्वकर्मा तथा काँग्रेस सांसद उपेन्द्र कुशावाहाको प्रस्तावमा काँग्रेसका अर्का सांसद शिवचन्द्र चौधरी र नेकपा सांसद ज्वाला कुमारी साहले समर्थन गरेका छन्।

गत असार २५ गतेदेखि परेको भीषण वर्षाले प्रदेशको सम्पूर्ण क्षेत्रमा गम्भीर क्षति बेहोर्नुपपरेको अवस्थामा सरकारले तत्परताका साथ राहत कार्य तथा घरबार बिहीनको समुचित व्यवस्था गर्न नसकेकाले यस विषयमा प्रदेशसभामा गम्भीर छलफल हुन आवशयक रहेकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको सांसद कुश्वाहाले बताए।

‘सरकारले केहि गरेकै छैन भनेको होइन तर हुनुपर्ने जति हुन सकेन। पीडितहरु अझै पीडामै छन्,’ उनले भने, ‘समयमा राहत पुर्‍याउन सकैनौ भने राहतको पनि महत्व हुँदैन।’

उनले आगामी दिनमा विपद व्यवस्थापनकालागि सरकारले पूर्व तयारीका साथ दृढतापूर्वक लाग्न तयार भएर बस्नुपर्ने उल्लेख गरे।

सरकार र प्रतिपक्षी सांसहदरुले एक ढिक्का भएर राहत वितरण गर्नुपर्ने उनले बताए।

नेकपा सांसद ज्वालाकुमारी साहले प्रस्तावको समर्थन गर्र्दै सरकारले राहत वितरणमा गम्भीरताका नलागेको आरोप लगाइन्।

‘राहत वितरणमा मन्त्रीहरु खटेपनि राहतसहित पीडित समक्ष पुग्न सकेको भए प्रदेश सरकारको भएको अनुभूति हुन्थ्यो,’ उनले भनिन्।

नेकपाकै अर्का सांसद रामकुमार यादवले राहत वितरणमा सत्तारुढ सांसद र मन्त्रीले रजाई गरेको टिप्पणी गरे। बोल्न सक्नेले पीडित नभएपनि राहत पाएको उनको आरोप छ।

‘पीडितहरु पीडामै छन। सुकुम्बासीले अहिलेसम्म केही पाएका छैनन् तर हुकुम्बासीले राहत पाए,’ सांसद यादवले थपे।

कांग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारले वितरण गरेको राहत समाग्री सत्तारुढ पार्टीका व्यक्तिहरुले मात्र पाएको आरोप लगाए।

‘धनुषाको मुखियापटी मुसहरनीयामा ५० जना पीडित रहेको क्षेत्रमा सरकारले ६०० जनालाई राहत वितरण गरे तर पिडित पक्षले पाएनन्,’ उनले भने, ‘ सरकारले राहत वितरणको नाउमा स्वाहा गरेर ठूलो अन्याय गरेको छ।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विपदको प्रमुख कारण चुरे विनाश रहेका कारण सबैले मिलेर चुरे संरक्षणतर्फ लाग्नुपर्ने बताए।

प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा नलागे २०/२५ वर्षापश्चात झोला बोकेर बस्नुपर्ने टिप्पणी गरे।

‘भोकै बसेर हुन्छ कि प्रदेश सरकारसँगै हामीलाई पनि अनसनमा बसेर हुन्छ यसकालागि हामी लागौँ,’ उनले भने।

नेकपा सांसद प्रमोद यादवले सिडियोले राहत वितरणको बेला खोजखबर नगरेको गुनासो पोखे। ‘हामी भूमिकाबिहीन अवस्थामा छौँ।

सिडिओले पनि हामीलाई साह्रै अपमान गरेको महसुस गरिरहेका छौँ,’ यादवले भने। नेकपाकै नेकपा सांसद रविन्द्र बैठाले पीडित व्यक्तिहरुले अहिलेसम्म त्रिपाल समेत नपाएको गुनासो पोखे।

सत्तारुढ सांसदहरुले समेत सरकारले पीडितहरुलाई समयमा राहत वितरण वितरण गर्न नसकेको भन्दै आलोचना गरे।

राजपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारका मन्त्रीको अहंकारका कारण समयमा पीडित व्यक्तिहरुले राहत नपाएको टिप्पणी गरे।

‘कसैबाट सहयोग नै नलिइकन पनि हामी आफैँले पनि सम्पूर्ण राहत वितरण कार्य गर्न सक्छौँ भनेर मन्त्रीहरुमा अहंकार छ,’ सांसद महतोले थपे।

यस्तै राजपाकी अर्की सांसद सुरिता साहले समेत सही ढंगले प्रदेश सरकारले आवश्यक राहत वितरण गर्न नसकेको बताइन्। सरकार पुग्नुपर्ने ठाउँमा पुग्नै नसकेको उनको भनाइ थियो।
-नेपालन्यूजबाट

प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology