बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

राजपा कार्यालय पनि सरकारी जग्गामै



राजपा कार्यालय पनि सरकारी जग्गामै

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ ।
सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागि दिएको हो । मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित मिति : बुधबार, साउन २२, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology