बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

योजना सम्झौता नगरेको आरोपमा विद्योदय माविका प्रअ पदबाट बर्खास्त

  • प्रभाब न्युज
  • शिक्षा
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


योजना सम्झौता नगरेको आरोपमा विद्योदय माविका प्रअ पदबाट बर्खास्त

खोटाङ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालिका वडा नम्बर–७ दोर्पास्थित विद्योदय माविका प्रधानाध्यापक मनकाजी राईलाई पदबाट बर्खास्त गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालय खोटाङबाट विद्यालयलाई परेको चार कोठे शौचालय सम्झौता नगरि गुपचुपमा राखेर कटौती गरेको आरोपमा राईलाई पदबाट बर्खास्त गरिएको हो ।

राईलाई वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिले योजना गुपचुपमा राखिनुको लिखीत स्पष्टीकरण माग गरेको तर उनले पठाएको स्पष्टीकरण झुटो ठहरिएपछि पदबाट बर्खास्त गरिएको विव्यास कार्यावाहक अध्यक्ष दिलचक्र राईले जानकारी दिए । उनले भने, “हामीले बोलाएको बैठकमा उपस्थित नहुनु र विद्यालयको हित विपरित काम गरेकोले पदबाट बर्खास्त गरिएको हो ।”

वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुको सोमबार बसेको भेलाले राईलाई पदबाट बर्खास्त गर्दै सोही विद्यालयकै स्थाई शिक्षक पेशल आचार्यलाई निमित्त प्रअको रुपमा काम गर्ने गरि पदस्थापन गरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयबाट शौचालयको लागि आफुलाई आधिकारीक जानकारी नआएको प्रअ राईले बताए । उनले भने, “त्यो योजना सधैंका लागि कटौती भएको होईन फेरी पनि आउँछ, विव्यासको बुझाईमा समस्या भयो । तर मेरै अनुपस्थितिमा कसरी अर्को प्रअ पदस्थापन हुन्छ उनले राईले भने ।”

दोर्पाको विद्योदय मावि र वराहपोखरी गाउँपालिकास्थित वडा नम्बर–३ सिन्ताङमा रहेको शिद्धेश्वरी आधारभुत विद्यालयले समयमा सम्झौता नगरेपछि योजना कटौती गरेर जन्तेढुङगा गाउँपालिका वडा नम्बर–५ को जनज्योती आधारभुत विद्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ को कालिका आधारभुत विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयले योजना दिएको थियो ।

यो पनि हेर्नुहोस् ।

योजना सम्झौता गर्न नआएपछि दुई विद्यालयको योजना कटौती

 

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology