बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

सुनको भाउ इतिहासकै उच्च, ताेलाकाे ६६३०० रुपैयाँ

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


सुनको भाउ इतिहासकै उच्च, ताेलाकाे ६६३०० रुपैयाँ

काठमाडौं- बहुमूल्य धातु सुनको भाउ उकालो लाग्दै प्रतितोला ६६ हजार ३ सय पुगेको छ। यसअघिको रेकर्ड तोड्दै सुन इतिहासकै महँगो भएको हो।

६५ हजार ८ सयमा कारोबार हुँदै आएको सुन एकै दिन ५ सयले बढेर तोलाकाे ६६ हजार ३ सय पुगेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याज दर घटाउनुसँग जोडिएको छ।

महासंघको साप्ताहिक समीक्षाअनुसार अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याज दर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ। ब्याज दर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो।

त्यस्तै, सुनको भाउ वृद्धिको अर्को कारण हो– अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व। केही समयदेखि यी दुई शक्तिराष्ट्रबीच व्यापारमा एकअर्कामाथि भन्सार कर बढाउने प्रतिस्पर्धा भइरहेको छ। जसका कारण विश्वबजार नै प्रभावित भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ खर्ब डलरबराबरको चिनियाँ सामान आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएकोले सुनको भाउ वृद्धि भएको महासंघको भनाई छ।

दुई देशबीच व्यापार युद्धलाई मत्थर पार्न विभिन्न चरणमा वार्ता भइरहेका छन्। वार्ताबाट समस्या समाधान गर्ने प्रयास भइरहे पनि कुनै पनि निष्कर्ष नआएका कारण लगानीकर्ता सुनमा आकर्षित भएका हुन्।

 

सुनले यसअघि बनाएको नयाँ रेडर्कलाई तोड्दै अघि बढेको छ। यसअघि सुन प्रतितोला ६५ हजार ८ सयमा पुगेर सर्वाधिक महँगोको नयाँ रेकर्ड बनाएको थियो।

विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्न भएको तनावले पनि असर गरिरहेको छ। शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्ने गरेको छ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा सुन, तेलको मूल्यलाई थपघट गराउँदै आएको छ।

प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology