बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

योजना सम्झौता गर्न नआएपछि दुई विद्यालयको योजना कटौती

  • प्रभाब न्युज
  • शिक्षा
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


योजना सम्झौता गर्न नआएपछि दुई विद्यालयको योजना कटौती

खोटाङ –  शौचालय निर्माणका लागि छनौट भएका खोटाङका दुई विद्यालयले समयमा सम्झौता नगरेपछि योजना अन्य विद्यालयलाई दिईएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालिका वडा नम्बर–७ दोर्पाको विद्योदय मावि र वराहपोखरी गाउँपालिकास्थित वडा नम्बर–३ सिन्ताङमा रहेको शिद्धेश्वरी आधारभुत विद्यालयले जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालय खोटाङसंग समयमा सम्झौता गर्न नआएपछि उक्त योजना कटौती गरेर अन्यन्त्र दिईएको हो ।

दुई विद्यालयलाई सम्झौता गर्न पटक–पटक बोलाईएको तर सम्झौता गर्न विद्यालयले चासो नदेखाएपछि जन्तेढुङगा गाउँपालिका वडा नम्बर–५ को जनज्योती आधारभुत विद्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ को कालिका आधारभुत विद्यालयलाई बैकल्पिक सूचिबाट छनौट गरि योजना दिईएको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयका प्राविधिक शिव राईले जानकारी दिए ।

“विद्यालयलाई चारकोठे शौचालय परेको रहेछ । तर, प्रधानाध्यापकले कसैलाई थाहा पनि दिएनन्, योजना दिने कार्यालयले पटक–पटक सम्झौताको लागि ताकेता गरेको रहेछ आउँछु आउँछु भनेर योजना नै सम्झौता नगरेको पाईएको विद्योदय माविका विव्यास कार्यावाहक अध्यक्ष दिलचक्र राईले जानकारी दिए ।” उनले भने, ‘विद्यालयलाई शौचालयको अति नै आवश्यक थियो, प्रधानाध्यापकको कमजोरीका कारण योजना गुम्यो, प्रअसंग जवाफ माग्ने तयारी गरिरहेको छु ।”

जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) कार्यालयले भवन परेका विद्यालयलाई चारकोठे शौचालय गत वर्षको योजनामार्फत वितरण गरेको थियो ।

 

प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology