बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन

  • प्रभाब न्युज
  • बिचार/ब्लग
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन

भोजपुर–  पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७६ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हो ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान रिफर गरिएको थियो । रिफर भएसंगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउन साथ निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

सोही वडा तिलारमा घर भएका अध्यक्ष पाण्डे केहि दिन अघिबाट निमोनियाका कारण सिकिस्त विरामी थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology