बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

आगोमा जलेका शिशुलाई खेलाडीको सहयोग

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६


आगोमा जलेका शिशुलाई खेलाडीको सहयोग

खोटाङ – अगेनामा परी गम्भीर घाईते भएका खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका ५ महिने शिशु प्रविण राईको सहयोगार्थ हाल अमेरिकामा रहेका कराते प्रशिक्षक पर्खि खालिङ राईले आर्थिक सहयोग गरेका छन् ।

आगोले दुई हात र निधारमा पोल्दा गम्भीर घाईते भएपछि हाल कान्ती बाल अस्पतालमा पु¥याइएका घाईते शिशुलाई इन्टरनेशनल मार्सल आर्टस् एसोसिएसन न्यूयोर्कका सञ्चालक एबं यूएसए कराते फेडेरेसनका प्रशिक्षक रहेका खालिङले २५ हजार सहयोग गरेका हुन् ।

सोलुखुम्बूको दुधकोसी गाउँपालिका–२ मापे-राप्चु घर भइ हाल अमेरिकामा खेलकुदका क्षेत्रमा क्रियासिल खालिङले किरात राई यायोक्खा खोटाङमार्फत घाईते शिशुको नाममा सहयोग रकम पठाएका हुन् । घाईते शिशुलाई तरुण दलको पहलमा साउन १२ गते काठ्माण्डौं पठाइएपछि यायोक्खाका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् ।

घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भइसकेकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । घाईते शिशुको सहयोगार्थ तरुण दलले पनि सहयोग समिति गठन गरेर खाता खोलेर सहयोग संकलन गरिरहेको छ । बच्चाको सबै औंला गुमेको बताईएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology