बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

मौसमले अझै झुक्याउन सक्ने

  • प्रभाब न्युज
  • समाज
  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६


मौसमले अझै झुक्याउन सक्ने

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

राति पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेको छ । जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार बिहानको मौसम मन्द प्रकारको रहेको छ । न वर्षा भइरहेको छ न घाम लागिरहेको छ । कुनै पनि बेला मौसमले झुक्याउन सक्ने देखिएको छ ।

सोमबार लुम्लेमा सबैभन्दा बढी ३१.४ मिलिमिटर वर्षा भएको थियो । पछिल्ला दिनमा सबैभन्दा कम वर्षा सोमबार भएको थियो ।

प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology