बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

रावाबेँसी गाउँपालिकामा बैंक स्थापनाको माग

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६


रावाबेँसी गाउँपालिकामा बैंक स्थापनाको माग

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापनाको माग गरेको छ ।

गाउँपालिकाको केन्द्र रहेको कुभिन्डेस्थित हरम्टारमा हालसम्म कुनै पनि बैंकको शाखा कार्यालय स्थापना नहुँदा बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय काठ्माण्डौं समक्ष शाखा कार्यालय स्थापनाका लागि माग राखेको हो ।

गाउँपालिकाको केन्द्रमा बैंकको शाखा कार्यालय नहुँदा अधिकांश बैंकिङ कारोबार दिक्तेल पुगेर सञ्चालन गर्नुपर्ने वाध्यता यथावत रहेको भन्दै सोमबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, गाउँपालिका अध्यक्ष लिलानाथ निरौला लगायतको टोलीले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापनाका लागि लिखित माग गरेका हुन् ।

सुरक्षाका लागि हरम्टारमा अस्थायी प्रहरी पोष्ट समेत स्थापना भइसकेको अवस्थामा गत साउन ४ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुशार बैंकको शाखा कार्यालय स्थापनाको माग गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । केही समय अघि रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालय स्थापना गरेको भए पनि हरम्टारबाट टाढा भएकाले अर्को बैंकको शाखा स्थापनाको माग गरिएको गाउँपालिकाले जनाएको छ । हरम्टारमा बैंकको शाखा कार्यालय स्थापना भए गाउँपालिका, विद्यालय, संघसंस्था, सरकारी तथा गैर–सरकारी संस्थाको आर्थिक कारोबारमा सहज हुने अध्यक्ष निरौलाले बताए ।

रावाबेँसी गाउँपालिका घर भएका नेकपाका नेता हरिकुमार पोखरेल, कर्ण घले, प्रेम लामा, एलबी आले, याम मगर लगायत सम्मिलित टोलीलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना गर्ने आश्वसन दिएका छन् ।

प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology