बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

लक्ष्यभन्दा बढि मुद्धा फछ्र्यौट

  • प्रभाब न्युज
  • समाज
  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६


लक्ष्यभन्दा बढि मुद्धा फछ्र्यौट

खोटाङ – जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढि मुद्धा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा २१५ वटा मुद्धा फस्र्यौट गर्ने लक्ष्य राखेकामा २२० वटा मुद्धा फस्र्यौट गरेको हो । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको ६३ वटा र आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका नयाँ २१५ सहित २७८ वटा मुद्धामध्ये ५८ मुद्धा टुंग्याउन बाँकी रहेको जिल्ला अदालतका श्रेष्तेदार लालबहादुर कार्कीले बताए । ‘जिल्ला अदालत लक्ष्यभन्दा पाँच वटा बढि मुद्धा फस्र्यौट गर्न सफल भएको छ,’ श्रेष्तेदार कार्कीले भने, ‘७५ प्रतिशत मुद्धा फस्र्यौट गर्ने लक्ष्य राखिएकामा लगतको आधारमा ८० प्रतिशत र लक्ष्यको आधारमा १०४ प्रतिशत मुद्धा फस्र्यौट गर्न सफल भएका छौँ ।’

अदालतका अनुशार व्यक्तिवादी देवानीका १२५ मुद्धामध्ये ९४ वटा, व्यक्तिवादी फौजदारीका ४६ वटामध्ये ४३ वटा, सरकारवादी फौजदारीका ९८ मुद्धामध्ये ७७ वटा मुद्धा फस्र्यौट भएको छ । यस्तै, व्यक्तिवादी देवानीका पुनरावेदन सम्वन्धी २ वटामुद्धामध्ये २ वटै र सरकारवादी फौजदारीका पुनरावेदन सम्वन्धीका ३ वटा मुद्धामध्ये २ वटा र निषेधाज्ञा सम्वन्धीका ४ वटा मुद्धामध्ये २ वटा मुा फस्र्यौट भएको श्रेष्तेदार कार्कीले जनाए ।

व्यक्तिवादी देवानीकाका ३१ वटा, सरकारीवादी फौजदारीका २१ वटा, व्यक्तिवादी फौजदारीका ३ वटा, निषेधाज्ञाका २ वटा र सरकारवादी फौजदारीका पुनरावेदन सम्वन्धीका १ वटा मुद्धा फस्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि अदालतले २७३ वटा मुद्धाको लगत अनुमान गरेको थियो ।

प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology