बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

बीपी समृति दिवसको अवसरमा राप्रपा नेपालका जिल्ला उपाध्यक्षसहित नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश



बीपी समृति दिवसको अवसरमा राप्रपा नेपालका जिल्ला उपाध्यक्षसहित नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

खोटाङ -नेपाली काँंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खोटाङका जिल्ला उपाध्यक्ष चन्द्र बहादुर बुढाथोकी कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसकोे आस्था मन परेको भन्दै बुढाथोकीसंगै नेकपाका रमेश रोक्का, धनबहादुर विसङखे र कृष्णबहादुर रोक्का कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसको चारतारे झण्डामा गोलबन्द हुन आएका उनीहरुलाई पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु प्रकाशकुमार श्रेष्ठ, चक्र राई, डिल्लीकुमारी आचार्य, सुमन आचार्य दिनेश घिमिरे, तरुण दलका अध्यक्ष भीषण राई, नेविसंघ अध्यक्ष राजकुमार बस्नेत, नगर सभापति दुर्गा घिमिरेलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology