बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

जवरजस्ती करणीमा संलग्न अभियुक्त कारागार चलान

  • प्रभाब न्युज
  • समाज
  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६


जवरजस्ती करणीमा संलग्न अभियुक्त कारागार चलान

खोटाङ –  खोटाङमा जवरजस्ती करणी मुद्धाका दोषी कारागार चलान भएका छन् ।

२०६६ साल असार २३ गते जवरजस्ती करणीमा संलग्न भएकामा दोषी ठहर साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई आईतबार कारागार चलान भएका हुन् ।

शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए लगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

जवरजस्ती करणी गरेकामा उनलाई जिल्ला अदालतले २०७१ साल मंसिर २५ गते १० वर्ष कैंद सजाय सुनाएको थियो ।

१० वर्षसम्म जिल्ला बाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology