बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

पक्राउ परेका आन्दोलनकर्मी छुटे



पक्राउ परेका आन्दोलनकर्मी छुटे

खोटाङ- खोटाङमा लोकसेवा आयोगको परिक्षा विथोल्ने प्रयास गरेकामा शनिबार पक्राउ परेका आन्दोलनकर्मी रिहा छुटेका छन् । आयोगको पाँचौं तहको परिक्षामा प्रश्नपत्र च्यात्न खोजेपछि पक्राउ परेका नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामे आईतबार साँझ छुटेका हुन् । उनीहरुमाथि प्रहरीले निर्घात कुटपिट गरेको आन्दोलनकर्मीको भनाई छ ।

पुर्वसभाषद एबं नेकपाकी केन्द्रीय सदस्य समिता कार्की, नेकपाका नेता कुमार आचार्य, नेपाली कांग्रेसका नेता सुमानबाबु आचार्य र समाजबादी पार्टीका नेता टंक थापाको रोहबरमा चार जनालाई नेपाल आदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईको जिम्मामा छाडिएको हो । आयोगको परिक्षा विथोल्ने प्रयास गरेकामा आत्माआलोचना गरेपछि छाडिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताउनुभयो ।

पक्राउ परेका आन्दोलनकर्मी रिहा भएको खुसीयालीमा आदिबासी जनजाती संघसंगठन आवद्ध स्थानीयले दिक्तेलबजारमा ¥याली निकालेको छ ।

प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology