बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

लोकसेवाको परिक्षामा अवरोध पुर्याउने चार जना पक्राउ



लोकसेवाको परिक्षामा अवरोध पुर्याउने चार जना पक्राउ

खोटाङ – खोटाङमा लोकसेवा आयोगको परिक्षामा अवरोध पु-याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परिक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पु-याएको भन्दै प्रहरीले नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो । दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परिक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए । ‘परिक्षा केन्द्रमा प्रवेश गरेर परिक्षा विथोल्न खोजेकाले पक्राउ गरिएको हो,’ प्रजिअ उपाध्ययले भने, ‘हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएको छ ।’

संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत परिक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले बताए । उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ । संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाती संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ । उनीहरुले आव्हान गरेको बन्दका कारण जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।

आन्दोलनमा सत्तारुढ समाजवादीकै ऐक्यवद्धता

लोकसेवा आयोगको असमावेसी विज्ञापन विरुद्ध शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्दप्रति सत्तारुढ दल समाजबादी पार्टी नेपाल खोटाङले पनि ऐक्यवद्धता जनाएको छ । आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगको विज्ञापन खुलाइएको बिरोधमा जारी ‘आरक्षण बचाउ’ आन्दोलनप्रति समाजबादीले विज्ञाप्ती प्रकाशन गरेर एक्यवद्धता जनाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका कर्मचारीको पदपुर्ती प्रदेश लोकसेवा आयोगबाट गर्ने स्पष्ट व्यवस्था भए पनि संघीय लोकसेवा आयोगले संविधानको मर्म र भावना विपरित विज्ञापन खुलाएको समाजबादी पार्टीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology