बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

  • प्रभाब न्युज
  • घटना
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् ।

एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : शनिबार, साउन ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology