बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खर्च ९२.९२ प्रतिशत



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खर्च ९२.९२ प्रतिशत

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ९२ प्रतिशतभन्दा बढि रकम खर्च गरेको छ । कुल ७० करोड ३० लाख ९२ हजार ९८९ रुपैयाँ बजेटमध्ये ९२.९२ प्रतिशत रकम खर्च भएको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

पुँजीगतर्फ १८ करोड ५३ लाख ९६ हजार ९८९ रुपैयाँमध्ये ९३.३ प्रतिशत अर्थात १७ करोड ३० लाख ४१ हजार ७ सय खर्च भएको छ । समपुक अनुदानतर्फको २ करोड ६२ लाख ८१ हजारमध्ये ४२.२ प्रतिशत अर्थात १ करोड १० लाख ८४ हजार, विशेष अनुदानतर्फको ३ करोड ३२ लाख ६ हजारमध्ये ६२.२ प्रतिशत अर्थात २ करोड ६ लाख ३८ ६५३, प्रदेश सशर्त अन्तरगतको १ करोड ५५ लाखमध्ये ९९.८ प्रतिशत अर्थात १ करोड ५४ लाख ६७ हजार ६८१ रुपैयाँ खर्च भएको मेयर रिजालले जानकारी दिए ।

यस्तै, वित्तीय समानीकरण (चालु)को १० करोड ४७ लाख ९ हजारमध्ये ७२.९ अर्थाथ ७ करोड ६२ लाख ८४ हजार ६५३ रुपैयाँ र केन्द्रको सशर्त बजेट ३३ करोड ८० लाख मध्ये ९४.२ प्रतिशत अर्थात ३१ करोड ८४ लाख ६१ हजार खर्च भएको नगरपालिकाले जनाएको छ । समपुरक बजेटको निकासा ढिलो आएकाले कार्यान्वयन गर्न कठिन भएको मेयर रिजाालले बताए । ‘समपुरक कोषको बजेट कम ढिलो पठाइए,’ नगरपालिकाको मिट द प्रेस कार्यक्रममा मेयर रिजालले भने, ‘टेण्डरमा जानुपर्ने विधि पु-याउनेपर्ने कारणले कार्यान्वयन गर्न अप्ठ्यारो भएको महसुस गरेका छौँ ।’

संघले राजस्व बाँडफाँडतर्फ १० करोड पठाउने भने पनि १ करोड ७८ लाख घटाएर पठाएको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाउनुपर्ने २ करोड नआएपछि उधारोमा काम गर्नु परेको जानकारी दिइएको छ । मेयर रिजालले प्रक्षेपण गरे अनुशार आन्तरिक राजस्व संकलन गर्न नसकिएको बताए ।

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology