बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

लोकसेवाको असमावेसी विज्ञापनप्रति समाजबादीको आपत्ती



लोकसेवाको असमावेसी विज्ञापनप्रति समाजबादीको आपत्ती

खोटाङ – समानुपातिक र समावेसीता सम्वन्धी संवैधानिक व्यवस्था मिचेर लोकसेवा आयोगले स्थानीय तहको कर्मचारीको पदपुर्ती गर्न लागेको भन्दै समाजबादी पार्टी नेपाल खोटाङले ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका कर्मचारीको पदपुर्ती प्रदेश लोकसेवा आयोगबाट गर्ने स्पष्ट व्यवस्था भए पनि संघीय लोकसेवा आयोगले संविधानको मर्म र भावना विपरित विज्ञापन खुलाएको भन्दै समाजबादीले आपत्ती जनाएको हो ।

संविधानको मर्म र भावना विपरित आयोगको विज्ञापन खुलाइएको विरोधमा नेपाल आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाती संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिको आन्दोलन भइरहेको समयमा समाजबादी पार्टीकातर्फबाट टंकबहादुर थापाले शुक्रबार विज्ञाप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगको विज्ञापन खुलाइएको बिरोधमा जारी ‘आरक्षण बचाउ’ आन्दोलनप्रति समाजबादीले एक्यवद्धता जनाएको विज्ञाप्तीमा उल्लेख छ ।

समाजबादीले आयोगको असमावेसी विज्ञापन विरुद्ध शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द कार्यक्रमलाई समर्थन गर्ने जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology