बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

एसइईको पुरक परिक्षार्थीका लागि नेविसंघ खोटाङद्धारा निःशुल्क ट्युसन कक्षा संचालन



एसइईको पुरक परिक्षार्थीका लागि नेविसंघ खोटाङद्धारा निःशुल्क ट्युसन कक्षा संचालन

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – नेपाल विद्यार्थी संघ खोटाङले एसइईको ग्रेड सुधार गर्नुपर्ने परीक्षार्थीहरुका लागि एक महिने निःशुल्क ट्युसन कक्षा शुरु गरेको छ ।
संघले जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरी एसइईको ग्रेड सुधारका जिल्ला सदरमुकाम दिक्तेल आएका परीक्षार्थीहरुका लागि अंग्रेजी र गणित विषयको एक महिने निःशुल्क ट्युसन कक्षा शुरु गरेको हो ।

जिल्ला सदरमुकामभन्दा बाहिरबाट ट्युसन पढ्नका लागि दिक्तेल आएका परीक्षार्थीहरुलाई शैक्षिक यात्रामा केही सहयोग पुगोस भन्ने उद्देश्यका साथ शुरु गरिएको ट्युसन कक्षामा १५० विद्यार्थी अध्ययन गरिरहेको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

सरस्वती मावि दिक्तेलमा हरेक दिन बेलुका ३ देखि ४ बजेसम्म अंग्रेजी र ४ बजेदेखि ५ बजेसम्म सञ्चालन गरिएको ट्युसन कक्षामा अंग्रेजी विषयको धनिराम राई र गणित विषयको लुना श्रेष्ठले अध्यापन गराइरहेको अध्यक्ष बस्नेतले बताए । महङ्गो शुक्ल तिरेर ट्युसन पढ्नुपर्ने बाध्यतामा नेविसंघले निःशुल्क ट्युसन कक्षा संचालन गरेपछि विद्यार्थी हर्षित बनेका छन् ।

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology