सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

अपडेट : बाढीपहिरोका कारण देशभर ज्यान जानेको संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार



अपडेट : बाढीपहिरोका कारण देशभर ज्यान जानेको संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

प्रभाव न्यूज डटकम । चार दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मृत्यु हुनेमा ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३/३ जना, सिन्धुली र धादिङमा २/२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १/१ जना रहेका छन्।

त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना वेपत्ता छन्।

अविरल वर्षा तथा बाढी तथा पहिराेबाट प्रभावित उद्दारका लागि २७ हजार ८ सय ३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology