सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

वर्षाका कारण दिक्तेलबजार र आसपास क्षेत्रमा १७ घरमा क्षति



वर्षाका कारण दिक्तेलबजार र आसपास क्षेत्रमा १७ घरमा क्षति साँकेतिक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ- चार दिनदेखी परेको अविरल वर्षाका कारण दिक्तेलबजार र आसपासका क्षेत्रका १७ घरमा क्षति पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका गोविन्द खड्का, प्रेम वजिमय, डम्बर वजिमय, सोमराज वस्नेत, हिरा खत्रीको घरमा क्षति पुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ को वडा कार्यालयले जनाएको छ ।

यस्तै, दिक्तेलकी निर्मला बस्नेत, दिलकुमारी बस्नेत, मान बहादुर कार्की, रमेश बस्नेत, गुन्जमान वजिमय, गिरी परियार, कृष्ण परियार, प्रेम सैंजु, निरकुमारी सैंजु, चन्द्र बहादुर बुढाथोकी, किर्ती बहादुर कट्वाल र रितेश गजमेरको घरमा क्षति पुगेको वडा अध्यक्ष टंक प्रसाद आचार्यले जानकारी दिए ।

क्षति भएका घरहरुको शनिबार बिहान नेपाल रेडक्रस सोसाईटी, प्रहरी, उधोग वाणिज्य संघ, वडा समितिको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको वडा सदस्य प्रकाशकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology