सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवारकाे बिचल्ली



त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवारकाे बिचल्ली

प्रभाव न्यूज डटकम । चारदिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किदा १० घर परिवार बाढीमा फसेको छ । चौदण्डीगढी नगरपालिका ५ बेल्हा पट्टीको बाध भत्किदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारको मान्छेहरु अहिले बाढीको घेराबन्दीमा परेको छ ।

बाढीमा फसेकाहरु घरको छानो र टाडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेको छ । बाँध भत्किदा घर भत्किनुको साथै गाई बस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताए । उनका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरेपनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन् । नेपाल टेलिकमको टावरमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।

स्थानीयहरुले उद्धारको लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ । यस्तै त्रियुगा नदीको बाँध त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा दुई जनाको घर बाढीले भत्काएको छ । विष्णु मगर र प्रथम डुमको घर बाढीले भत्काएको छ ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology