सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

हिले-भोजपुर सडक अवरूद्ध, धनकुटामा पहिरो



हिले-भोजपुर सडक अवरूद्ध, धनकुटामा पहिरो

प्रभाव न्यूज डटकम । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ। जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन्। पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो। जिल्लाको मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए।

सडकमा धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा जिल्लामा यातायात सञ्चालन हुने गर्दछ। यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेको छन्। मूलघाट-त्रिवेणी सडक र तमोर करिडोर सडकका थुप्रै स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ। यस्तै, सिधुवा-लेगुवा सडकमा पर्ने माङमाया खोलामा आएको बाढीले सडक बगाएपछि सडक अवरुद्ध भएको कोइरालाले बताए। यस्तै, पहिरोका कारण तीन घरमा क्षति पुगेको छ भने एक विद्यालय भत्किएको छ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology