सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

कमला नदीमा आएको बाढीले ६ जनाको परिवारै बगायो



कमला नदीमा आएको बाढीले ६ जनाको परिवारै बगायो

प्रभाव न्यूज डटकम । कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।

दूधौली–१, डकाहा बजार नजिककै कमला नदी किनारमा त्रिपाल टाँगेर बस्ने सो परिवारलाई कमला नदीले बगाउँदा सर्लाही घर बताउने रेणु कापरीको तीन वर्षीय छोरा कार्बनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मृतक बालकको दूधौली नगरपालिका–४, बैरामा शव फेला परेको हो। रेणुकै एक वर्षीय छोरा सर्गम र सात वर्षीय आधि बेपत्ता छन्।

यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर बताउने मिथुन कापरीको ६० वर्षीय फुपु मरणी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बाढीले बगाएका मिथुन र रेणुलाई प्रहरीले सकुशल उद्धार गरेको छ। त्यस्तै दूधौली–१ कै हाटगाउँ बस्ने जितबहादुर सार्कीको गोठमा सुतिरहेको अवस्थामा नदीले गोठ बगाएको छ। सार्की भने भागेर रुख चढेर बाँच्न सफल भएको स्थानीयले बताएका छन्। अविरल वर्षाका कारण सुनकोशी नदी, कमला नदी, मरिण खोला तथा अन्य खोलाका किनारामा बस्ने बासिन्दा जोखिममा छन्।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology