बिहिबार, अशोज २, २०७६
Prabhav News

अपडेट : बाढीपहिरोका कारण देशभर ज्यान जानेको संख्या ३० पुग्‍यो, एक सय ३३ को उद्धार



अपडेट : बाढीपहिरोका कारण देशभर ज्यान जानेको संख्या ३० पुग्‍यो, एक सय ३३ को उद्धार nepal

प्रभाव न्यूज डटकम । विगत तीन दिनदेखि परेको वर्षाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। १५ जना बेपत्ता छन्।

नेपाल प्रहरीका अनुसार बिहीबारदेखि निरन्तर परेको वर्षापछिको बाढी, पहिरोमा परेका एक सय ३३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढी, पहिरो गएका जोखिमयुक्त स्थानमा उद्धारका लागि २७ हजार आठ सय ३० जना प्रहरी परिचालन गरिएको छ। वर्षा अझै कायम रहने मौसमविद्ले जनाएअनुसार यात्रामा निस्कनु अघि सडकको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै गन्तव्यका लागि प्रस्थान गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology