सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बाढीपहिरोबाट प्रदेश एकमा मृत्यु हुनेको संख्या नौ पुग्यो,चारजना बेपत्ता,दुई घाइते



बाढीपहिरोबाट प्रदेश एकमा मृत्यु हुनेको संख्या नौ पुग्यो,चारजना बेपत्ता,दुई घाइते

प्रभाव न्यूज डटकम । पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश एकमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका ९ का १४ वर्षीय जनक बि.क., ओखलढुंङगा २७ गते चिसुङखुगडी गाउ“पालिका ४ की ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली १ की ५० वर्षीया अञ्चला लावतीको मृत्यु भएको हो ।

खोटाङको खोटेहाङ गााउ“पालिका २ मा आमासँगै बेपत्ता उनका दुई छोरा पनि मृत अवस्थामा फेला परेका छन् ।

२८ वर्षिया रेखा राई र उनका ४ वर्षिय छोरा रमन राई र ६ महिना छोरा रोहन राईको पहिरोले पुरिएर मृत्यु भएको हो। त्यस्तै झापाकोे दमक १० स्थित ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ । उदयपुर घर भई सुनसरीको इटहरी ५ बस्ने ३५ वर्षीय सागर थापाको पनि खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँचथर २७ गते मिक्लाजुङ गाउँपालिका ४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हज्दा, सुनसरी २६ बराहाक्षेत्र १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका २ मा अन्दाजी वर्ष २५/३० को नामथर नखुलेको खोलाले बगाएर बेपत्ता भएका छन् ।

त्यस्तै सुनसरीमा एक, खोटाङमा एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology