सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु



पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु

प्रभाव न्यूज डटकम । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । पहिराे गएका बेला कुमार राई भने घरमा नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।

स्थानीय नागरिकले शव निकाल्न नसकेपछि एक्स्काभेटरकाे सहयाेगमा शव निकाल्ने प्रयास भैरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology