सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बर्खेटारमा पहिरो खसेपछि दिक्तेल-हलेसी सडक अवरुद्ध, पहिरो पन्छाउँन केही दिन लाग्ने



बर्खेटारमा पहिरो खसेपछि दिक्तेल-हलेसी सडक अवरुद्ध, पहिरो पन्छाउँन केही दिन लाग्ने

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङडाँडाको बर्खेटारमा पहिरो खसेपछि दिक्तेल–हलेसी यातायात अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसंगै दिक्तेलबाट हलेसी र हलेसीबाट दिक्तेल आउँने जाने यात्रु अलपत्र भएका छन् ।

बर्खेटारमा पहिरो खसिरहेको र पानी परिरहेकोले बाटो पन्छाउँन तत्कालका लागि नसकिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जानकारी दिए । पहिरो पन्छाउँन केही दिन लाग्ने राईको भनाई छ ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगतकै सडकका विभिन्न ठाँउमा खसेको पहरोका कारण दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु तीन दिनदेखि अलपत्र परेका छन् ।

उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।
अधिकांश यात्रुहरु खोटाङ, सोलुखुम्बु, र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको यात्रुले बताएका छन् ।

दुईदिन सम्म बाटोमा छेकिदा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् ।

बर्खेटारदेखी बडहरेसम्म २५ वटा पहिरो गएकोले हलेसी तुवाचुङ नगरपालिकाले तीन दिनदेखी घुर्मीमा अलपत्र बनेका यात्रुलाई ल्याउँनका लागि हलेसीदेखी जयरामघाटसम्मको सडकमा खसेको पहिरो पन्छाउँने काम गरिरहेको नगरपालिकाले जनाएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रका सवै कच्ची सडक पनि अवरुद्ध भएका छन ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology