सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खोटाङमा पहिरोले घर पुर्दा वेपत्ता भएका एकै परिवारका तीन जनाको मृत्यु



खोटाङमा पहिरोले घर पुर्दा वेपत्ता भएका एकै परिवारका तीन जनाको मृत्यु

खोटाङ – अविरल वर्षका कारण पहिरोले घर पुर्दा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी टोलका आमासहित दुई बालकको मृत्यु भएको छ ।

करिब चार सय मिटर माथिबाट झरेको पहिरोले घर पुर्दा शुक्रबार वेपत्ता बनेका उनीहरुको शव प्रहरी र स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् ।

ज्यान जानेमा २९ वर्षीय रेखा राई, उनका ४ वर्षीय छोरा रोमन र ७ महिनाका छोरा रोजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षब बामदेव गौतले बताए ।

रेखाका श्रीमान् विष्णु राइले भने भागेर ज्यान जोगाएका छन् । उनको हातखुट्टामा गहिरो चोट लागेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology