सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

पहिरोले सडक अवरुद्ध हुँदा खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु घुर्मीबजारमा दुई दिनदेखी अलपत्र



पहिरोले सडक अवरुद्ध हुँदा खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु घुर्मीबजारमा दुई दिनदेखी  अलपत्र

मध्यपहाडी लोकमार्ग अन्तरगतको सडकका विभिन्न ठाँउमा खसेको पहरोका कारण दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।
उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।
अधिकांश यात्रुहरु खोटाङ, सोलुखुम्बु, र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको यात्रुले बताएका छन् ।

दुईदिन सम्म बाटोमा छेकिदा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।

यस्तै, वर्षाका कारण दिक्तेल हलेसी सडकमा विभिन्न ठाँउमा पहिरो खसेपछि सदरमुकाम दिक्तेलबाट काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जाने सवारीसाधन बन्द भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको वर्खेटारमा खसेको पहिरो पन्छाएर बाटो खुलाउँने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology