सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

पहिरोले घर पुर्दा खोटाङको वाप्लुखामा आमासहित दुई छोरा वेपत्ता



पहिरोले घर पुर्दा खोटाङको वाप्लुखामा आमासहित दुई छोरा वेपत्ता

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – पहिरोले घर पुर्दा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बाघपच्याङका विष्णु राईको घर पुर्दा उनीकी श्रीमती रेखा राई र दुई नावालक छोरा बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब तीन÷चार सय मिटर माथिबाट झरको पहिरोले घर पुर्दा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो ।

भागेर ज्यान जोगाएका बिष्णुको पनि हातखुट्टामा चोट लागेको छ । अहिले बेपत्ताको उद्धारको प्रयास जारी छ । घट्नाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेब गौतमले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology