बुधबार, अशोज १, २०७६
Prabhav News

मिटर जडित खानेपानीको व्यवस्था गरिएपछि स्थानीयको दुख हट्यो (भिडियो रिपोर्ट)

  • Live
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


मिटर जडित खानेपानीको व्यवस्था गरिएपछि स्थानीयको दुख हट्यो (भिडियो रिपोर्ट) [youtube https://www.youtube.com/watch?v=rmAlprvaiG8&w=100&h=515]

खोटाङ – खानेपानी समस्या झेलिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खाका स्थानीयहरुको ठूलो दुःख हटेको छ । भएका पानीकोे मुहानहरु सुक्दै जानुले दिर्घकालिन रुपका लागि त्यहाँका ८२ घरधुरीलाई मिटर जडित खानेपानी व्यवस्था गरिएको हो ।

बाँच्नका लागि मानिसलाई नभइ नहुने खानेपानीकैे अभावमा जीवन चलाईरहेका याम्खावासीको अहिले भने, घरघरमा खानेपानी आइपुगेको छ । यसअघि खोनपानी भएपनि मनलाग्दो चलाउने, धाराहरु बन्द नगर्ने प्रवृत्तिले खानेपानी अभाव झेलिरहेका त्यहाँका वासिन्दालाई गाउँपालिकाले अहिले भने २४ सै घण्टा खानेपानीको व्यवस्था गरिदिएको हो ।

खानेपानीको मुहानहरु निश्चित हुनु, भएका मुहानहरु सुक्दै जानुले खानेपानीको संकटलाई टार्न गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा २० लाख र आर्थिक वर्ष २०७५/७६ मा १२ लाख ५० हजार, स्थानीयको ७ लाख ७८ हजार ४ सय ६८ रुपैयाँ जनश्रमदानमा याम्खाको रातमाटामा निर्माण गरिएको ७० हजार लिटर क्षमताको पानीट्याङकीबाट मिटर सिस्टममा ८२ घरधुरी स्थानीयहरुलाई खानेपानी वितरण गरिएको हो ।

ढाल्नेफेद टुकुरेखोला खानेपानी आयोजनाले निर्माण गरेको खानेपानी घरघरमा आएपछि अहिले दैनिक जनजीवन संञ्चालनमा धेरै सहजता आएको छ । स्थानीय सरकार आएपछि दिपु्रङ चुइचुम्मा गाउँपालिकाकोे याम्खामा पहिलोपटक मिटर जडान गरी पानी वितरण गर्दा सवैजना खुशी भएका छन् । व्यवस्थित पानी प्रयोग गर्दा विभिन्न सरुवा रोगबाट उनीहरुको सुरक्षित हुने भएका छन् ।

मिटरबाट पानी वितरण गरिने सिस्टम लागू भएपछि उपभोक्ताले आवश्यकता अनुसार पानी चलाउने र काम नहुंदा पानी बन्द हुनेछ । पानी उपभोग वापत स्थानीयले न्युनतम शुल्क उनीहले तिर्ने गरेका छन् । पानी खपत वापत स्थानीयले तिरेको शुल्क खानेपानी आयोजनाको हेरालुलाई दिने गरिएको छ । निरन्तर धारामा पानी आएपछि बिहान र बेलुका पानी भर्नमा खर्चनुपर्ने उनीहरुको समय पनि बचत भएको छ ।

 

प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology