सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

विप्लव र प्रहरीबीच भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु



विप्लव र प्रहरीबीच भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु

भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसपी रमेश थापाले पुष्टि गरे। त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइकाे मृत्यु भएकाे हाे।

प्रकाशित मिति : बुधबार, असार २५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology