सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

दिक्तेल बजारमा बिक्रीमा राखिएको कुहिएको माछा नष्ट गरियो



दिक्तेल बजारमा बिक्रीमा राखिएको कुहिएको माछा नष्ट गरियो

खोटाङ – खोटाङको दिक्तेल बजारमा बिक्रीमा राखिएको कुहिएको माछा नष्ट गरिएको छ । दिक्तेलबजारमा बिक्री भइरहेको अवस्थामा करिब १५ केजीभन्दा बढि कुहिएको माछा नष्ट गरिएको हो । बैंकचोक टोल पुर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिले नगरपालिकालाई खबर गरेपछि नगरपालिकाको कृषि तथा पशु बिकास शाखा, बाणिज्य संघ लगायतको रोहवरमा माछा नष्ट गरिएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।

सिराहाबाट आएका एक व्यवसायीले दिक्तेलमा बिक्रीका लागि राखेको माछा सडेर खानका लागि अयोग्य भएको पाइएको हो । गत शनिबार सडेको माछा बिक्री गरिरहेको पाइएपछि बिक्री नगर्न आग्रह गर्दा व्यवसायीले बेवास्ता गरेकाले नगरपालिकालाई खबर गरिएको बैंकचोक टोल पुर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिका सदस्य छत्र बजिमयले बताउनुभयो ।

प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology