सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

कारागारमा कैंदी झुण्डिएको अवस्थामा मृत फेला



कारागारमा कैंदी झुण्डिएको अवस्थामा मृत फेला

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैंदी मृत फेला परेका छन् ।

कर्तव्य ज्यान मुद्धामा जेल जीवन विताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । आईतबार साँझ पौने सात बजे समुहमा नदेखिएपछि खोजी झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताउनुभयो ।

श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : सोमवार, असार २३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology