बिहिबार, अशोज २, २०७६
Prabhav News

मध्य र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना



मध्य र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका मध्य र पश्चिमी महाडी भूभागमा मध्यमदेखि भारी वर्ष हुनसक्ने जनाएको छ। देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने छ।

‘देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा तथा मध्य र पूर्वका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। देशका बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू–भाग र पश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने बताइएको छ।

आइतबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मध्य र पश्चिमी नेपालका धेरै स्थानमा र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। आइतबार राति मध्य नेपालका पहाडी भू–भागका एक–दुई स्थान, मध्य–पश्चिमी तराइका एक–दुई स्थानमा र पूर्वका तराई र तल्लो पहाडी भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका मध्य र पूर्वि नेपालका पहाडी भू–भाग र पश्चिमका पहाडी र तराइका भू–भागका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ।

मंगलबार दिउँसो देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू–भाग र पश्चिमका पहाडी र तराईका भू–भागका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने बताइएको छ।

प्रकाशित मिति : आइतवार, असार २२, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology