सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

उत्कृष्ट क्रिकेट खेलेर पनि दुर्भाग्यशाली रह्यौं : सर्फराज

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६


उत्कृष्ट क्रिकेट खेलेर पनि दुर्भाग्यशाली रह्यौं : सर्फराज

चौथो स्थानको न्युजिल्यान्ड समान अंक जोडर रनरेटका आधारमा एक दिवसीय विश्वकप क्रिकेटको सेमीफाइनलमा स्थान बनाउन नसेकपछि पाकिस्तानका कप्तानले आफूहरूको दुर्भाग्य भएको बताएका छन्।

‘यो हाम्रो दुर्भाग्य हो। उत्कृष्ट क्रिकेट खेलेर पनि छनोट हुन सकेनौं’, कप्तान सर्फराज अहमदले भने, ‘वेस्ट इन्डिजविरुद्धको खेलको पराजय नै हाम्रो असफलताको कारण बन्यो।’

पाकिस्तानका खेलाडीले भारतविरुद्धको खेलपछि उत्कृष्ट सुधार गरेको उनले बताए। शुक्रबार भएको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलार्इ ९४ रनले पराजित गरेको थियो।

अंकमा न्युजिल्यान्डसँग बराबरी गरेको पाकिस्तानले रनरेटमा पनि पछाडी पार्नका लागि ३ सय १६ रनले बंगलादेशलार्इ पराजित गर्नुपर्थ्यो।

त्यस्तो हुन नसकेपछि पाकिस्तान दुर्भाग्यशाली साबित भयो। पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रनमा समेटियो।

बंगलादेशका तामिम इकबल ८, साैम्य कुमार २२, मुस्फिकर रहिम १६ रनमा अाउट हुँदा सकिब अल हसनले ६४ रन जाेडे।

लिटोन दास ३२, ममुदुल्लाह २९, मोस्डेक होसेन १६, मासरफ मोर्ताजा १५ तथा मुस्ताफिजुर रहमान १ रनमा सिमित हुँदा मेहिदी हसन मिराज ७ रनमा अविजित रहे।

पाकिस्तानका लागि सहिन साह अफ्रिदीले ६, सादब खानले २ तथा वाहब रियाज र मोहम्मद आमिरले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका इमाम उल–हकले १०० बलमा ७ चौकासहित १०० रन जोडे। उनले जोडेको शतक सन् १९९२ को विश्वकपपछि पाकिस्तानका दुई खेलाडीले एउटै विश्वकपमा बनाएको पहिलो शतक बन्यो।

सन् १९९२ को विश्वकपको एकै संस्करणका पाकिस्तानका दुई ब्याट्सम्यानले शतक बनाएपछि कुनै पाकिस्तानी ब्याट्यम्यानले बनाएका थिएनन्। १९९२ मा रामीज राजा र अमर सोहिलले शतक बनाएका थिए।

हाल इङ्ल्यान्ड र वेल्समा जारी विश्वकपमा पाकिस्तानका बाबर अजम र उल हकले शतक बनाएका हुन्। त्यस्तै शतक बनाउन ४ रनले चुकेका बाबर आजम ९८ बलमा ११ चौका सहित ९६ रनमा पभेलियन फर्के।

इमाद वासिमले ४२ तथा मोहम्मद हाफिजले २७ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

ओपनर फकहर रहमान १३, हारिस सोहाली ६, वाहब रियाज २ सादब खान १ र मोहम्मद आमिर ८ रन बनाएर आउट हुँदा कप्तान सर्फराज अहमद ३ र सहिन साह अफ्रिदी शून्य रनमा अविजित रहे।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन दिएर ५, तथा समान १० ओभरमा ३० रन खर्चेका मेहिदी हसन मिराले १ विेकट लिए। त्यस्तै ९ ओभर बलिङ गरेका मोहम्मद साइफुद्धिनको नाममा ३ विकेट रह्यो।

प्रकाशित मिति : शनिबार, असार २१, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology