सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

कांंग्रेससंग असन्तुष्टि जनाउँदै निर्वाचित वडा सदस्य नेकपामा प्रवेश



कांंग्रेससंग असन्तुष्टि जनाउँदै निर्वाचित वडा सदस्य नेकपामा प्रवेश

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसबाट निर्वाचित वडा सदस्य बैजनाथ रिजाल नेकपामा प्रवेश गरेका छन् ।

पार्टी नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै वडा सदस्य रिजालसहित अन्य केही कांग्रेस कार्यकर्ता समेत शुक्रबार नेकपा प्रवेश गरेका हुन् ।

वडा सदस्य रिजाललाई नेकपाको पार्टी कार्यालय दिक्तेलमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, नेकपा नेतृ समिता कार्की, नेकपा नेता कुमार आचार्य, दिपक पाण्डे, दिपनारायण रिजाल लगायतले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेको नेकपाले जानकारी दिएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology