बुधबार, अशोज १, २०७६
Prabhav News

सहर, सिहँदरबार र गाउँ



सहर, सिहँदरबार र गाउँ

यो यहि सहर हो
सिन्दुर खोज्न गएको दाजै
सिन्दुर सँगै हराएको
पछौरी किन्न गएकी नाना
पछौरीसँगै बेचिएकी
बाचुन्जेल पुग्ने माया कमाउन
वीरे यहि सहर पसेपछि
लालाबाला टुहुरा छन गाउँमा ।
माइक्रोमा कोचिए जसरी
खुसीहरुलाई वर्षौ कोचेर
त्यै सहरबाट फर्केछ रविध्वज ।
औषधि पिलाउन त्यै सहर
बिरामी बा पुर्याएको म
मृत बा फर्काउन विवश भएँ ।
सोची रै छु
सहरको के थोकसँग साट्दै होलान
हर्के र बिर्खेले सपनाहरु ।
त्यै सहर पुगेपछि सुनिन छाडे
चार टोल थर्कने गडुलमानको स्वर ।
गाउँको विकास लिन गएकाहरुलाई
लुकाइ दियो सिँहदरबारले ।
त्यै सिँहको सिकार भए थुप्रै गाँउले ।
यो सहर अजिङ्गर झै सुतेरै
वर्षौ निल्यो हामीलाई
सिँह जस्तै खेलीरह्यो सिकार ।

हो हामीले मागेकै हो गाउँमा
सिन्दुर र पछौरी पाउने एउटा दुकान ।
खोजेकै हो आफ्नै ठाउँमा
सबै अटाउने अलिक बलियो
एउटा ठूलो साझा झुपडी ।
गडुलमान होस की दल बहादुर
सबैको बोली सुनिने जमात ।
सजिलै सिटामोल पाउने औषधालय
साझा पहुँचको एउटा शिक्षालय ।
हामीले मागेको सहीसाचो हो
स्वयम बन्न सपनाहरुको मालिक ।
हामी नचाहेकै हो
आहारा बन्न अजिङ्गरको
सिकार हुन सिहँको
अनि भएथ्यो एउटा सहमति(
आफ्नै सरकार ।
पलाएथ्यो केही थान खुसीहरु ।

आज ठ्याकै त्यहि सहरबाट
उहि सिँह दरबार गाउँ पस्यो
घेराबारा लगायो उसलाई ।
उर्दि फिजायो
सवारी हुदैछ उसको ।
स्वस्ति टक्राउनु छ उसलाई
उच्च सिँहासन र सलामी
चढाउनु छ हामीले ।
एक जम्भि प्रेत बनेको छ सिहँ दरबार
जसलाई छुन्छ आफू जस्तै बनाउछ ऊ ।
दिनानु सिँहहरु जन्मिरहेछ गाउँमै अचेल
नाङ्गा पैताला दरबार पस्नेहरु
पजेरोको फर्माइसमा निस्कन्छन यहाँ
माटोमा पाइला राख्नै मान्दैनन्
बुई चढाउनु पर्छ हामीले ।
मेरो गाउँ तिर्न सक्दैन पजेरोको मूल्य
कसरी पाल्नु गरिबी गाँस काटेर
यी हजार सिँहहरुलाई ।

आशाहरु जिवितै राखेर सोध्नु छ मैले
हुदैन र गाउँमा चिल्ला सडक रु
आउदैनन् र सधैँ उज्याला रातहरु रु
हट्दैन सिँहको शासन रु
फेरिन्न र सरकार रु
सकिन्न र उभाउन गाउँमा महल रु
हराउछ त अब गाउँमा पनि रु
सहर झै विश्वास र मानवता ।
के बन्न सक्दैनन् त रु
हाम्रो साझा सरकार ।

दिप्रुङ -३, याङसोला खोटाङ ।

प्रकाशित मिति : बिहिबार, असार १२, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology