सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८३ करोड ८७ लाख १६ हजारको बार्षिक बजेट तथा कार्यक्रम

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८३ करोड ८७ लाख १६ हजारको बार्षिक बजेट तथा कार्यक्रम

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७६ र ०७७ का लागि ८३ करोड ८७ लाख १६ हजारको बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभामा नगरपालिका उप–प्रमुख बिणादेबी राईले संघीय सशर्त कार्यक्रम तर्फ ३२ करोड ५६ लाख, प्रादेशिक सशर्त कार्यक्रमतर्फ २ करोड २५ लाख, चालु खर्चतर्फ १२ करोड ५६ लाख ७७ हजार ३९ रुपैया र वडागत चालुतर्फ ९६ लाख ३६ हजार, कार्यालयका लागि पूजिँगत खर्च ६५ लाख, बिशेष कोषतर्फ ४५ लाख, संघीय तथा प्रदेश सरकारको सहलगानीमा सञ्चालन हुने आयोजनाहरुको लागि समपुरक कोषहरुतर्फ २ करोड ५० लाख र संघ र प्रदेशबाट प्राप्त निमार्णा्धिन योजनाहरुका लागि भूक्तानी दिन बाँकी १ करोड ८२ लाख ३२ हजार १६ रुपैया बार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।

यस्तै, विषयगततर्फ पूर्वाधार विकास क्षेत्रमा विभिन्न आयोजनाको डिपिआर निर्माणका लागि ५० लाख, क्रमगत आयोजनाका लागि ४ करोड, यलम्बरको मूर्ति स्थापनाको लागि २ करोड ६५ लाख, वडास्तरीय पूर्वाधार विकासतर्फ २ करोड ९८ लाख ८७ हजार विनियोजन भएको छ ।यस्तै, सामाजिक विकासतर्फ सामाजिक सुरक्षाभत्ता १६ करोड, उपप्रमुखसंग महिला कार्यक्रमका लागि ५० लाख, शैक्षिक सुधारका लागि २३ करोड ८६ लाख ५३ हजार, स्वास्थ्य क्षेत्रको लागि ४ करोड ८९ लाख २१ हजार, वडास्तरीय सामाजिक विकासतर्फ १ करोड ४५ लाख ७२ हजार ७०४ विनियोजन भएको छ ।

आर्थिक विकास क्षेत्रका लागि २ करोड ९९ लाख ४५ हजार, वन वातावरण तथा सरसफाईतर्फ ३३ लाख १९ हजार ११४ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि २० लाख ८९ हजार ८४८ रुपैयाँ विनियोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक आयतर्फ १ करोड ८५ लाख, संघीय सरकार राजस्व बाँडफाँड तर्फबाट अनुमानित १२ करोड १० लाख, वित्तीय समानिकरण अनुदान १४ करोड ५७ लाख र सशर्त अनुदानतर्फ ३२ करोड ५६ लाख र अन्य अनुदानतर्फ (सामाजिक सुरक्षा) १५ करोड आय हुने प्रक्षेपण गरेको छ ।प्रादेसिक सरकार राजस्व बाँडफाँडतर्फ अनुमानित १ करोड ९५ लाख, वित्तीय समानीकरण अनुदान ७५ लाख ८५ हजार र सशर्त अनुदानतर्फ २ करोड ९६ लाख ८४ हजार आय हुने नगरपालिकाले अनुमान गरेको छ ।

दिगो र गुणस्तरिय पूर्वाधार विकास, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, विभिन्न वर्ग, लिंग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेसी र समन्यायिक विकास गर्ने, नगरपालिकाद्वारा प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, समृद्ध, समुन्नत र अर्गानिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने लक्ष्यकासाथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology