सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष ०७६/०७७को नीति तथा कार्यक्रम एंवम विनियोजित वजेट (पूर्णपाठ)

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६


हलेसी तुवाचुङ नगरपालिकाको  आर्थिक वर्ष ०७६/०७७को नीति तथा कार्यक्रम एंवम विनियोजित वजेट (पूर्णपाठ)

हलेसी तुवाचुङ नगरपालिकाको चौथो नगरसभामा २०७६ साल असार १० गते मंगलबार
नगर उपप्रमुख श्री विमला राईले
प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम

हलेसी तुवाचुङ नगरपालिका
दुर्छिम, खोटाङ
प्रदेश नं १, नेपाल

आ.व. ०७६/०७७ चौथो नगरसभामा पेश गरिएको नीति कार्यक्रम तथा वजेट :
मिति २०७६-३-१०

यस गरिमामय चौथोे नगर सभाका सभाध्यक्ष ज्यू,
नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी तथा स्वयं सेवक महानुभावहरु,
आज हलेसी तुवाचुङ नगरपालिकाको चौथोे नगरसभामा हार्दिक स्वागत गर्दै आर्थिक वर्ष ०७६/०७७ को नीति कार्यक्रम यस गरिमामय चौथोे नगरसभामा पेश गर्दछु ।
नेपालको राजनैतिक तथा प्रसाशनिक इतिहासमा राज्यको पुर्नसंरचना सहित पहिलो पटक स्थानिय सरकार गठन भएको छ, स्थानिय तहका माध्यम बाट केन्द्रिकित साशन प्रणाली लाई विकेन्द्रित गरि स्थानिय जनतालाई अधिकार सम्पन्न बनाउने विशिष्ट अभ्यास तर्फ हामी अग्रसर छौं ।
त्रिधार्मिक तपोस्भुमि हलेसी भन्ने दिर्घकानीन सोचसहित यस ऐतिहासिक चौथो नगर सभाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु ।
मन्त्रालयवाट प्राप्त निर्देशिकाहरू, त्रिवर्षीय योजना र आवधिक योजनाले निर्देशित गरेका लक्ष्यहरूको परिधीभित्र रहदै नगरले प्राप्त गर्ने आयश्रोतको सीमा भित्र रही वार्षिक कार्यक्रमहरू तयार गरी जनताका आवश्यकताहरूलाई सकेसम्म सम्वोधन गर्ने प्रयास गरी नितिगत रुपमा तयार पारिएको कुरा यहाँहरू समक्ष राख्न चाहन्छु ।
सभाका सभाध्यक्षज्यू,
अब म आर्थिक वर्ष ०७६/७७ को बजेट तथा कार्यक्रमले प्राथमिकतामा राखेका विषय तथा क्षेत्रहरु प्रस्तुत गर्न चाहान्छु ।
– आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,
– उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
– जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,
– स्थानीय सहभागिता जुट्ने, स्वयम् सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
– स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,
– महिला, बालवालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
– लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि हुने,
– शान्ति समृधि, दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्दन गर्न सघाउ पुर्याउने,
– भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने,
– गुणस्तरीय तथा प्रविधिमैत्री सिकाइका माध्यामबाट दक्ष नागरीक उत्पादन गर्न,
– स्थानीय तहले आवश्यक देखेका अन्य बिषयहरु,
– स्वास्थ्यमा पहँच,
यसै गरी वजेट तर्जुमाका आधारहरु निम्नअनुसार रहेको जानकारी गराउन चाहन्छु ।
– क्रमागत एवं अधुरा तथा थोरै रकममा मर्मत सम्भार गरि पुनः संचालनमा ल्याउन सकिने योजनाहरु ।
– आवश्यकताको पहिचान एवं सम्बोधन ।
– वडाको जनसख्या तथा भुगोलको अवस्था ।
– नगरस्तरीय योजनाहरु
– सामाजिक परिचालनको माध्यमबाट पहिचान गरिएका लक्षित समुहका मागलाई सम्बोधन गरिने विषयहरू
– स्थानीय स्रोत, साधन, श्रम, शीप र प्रविधि प्रयोग हुने प्रकृतिका तथा तत्काल रोजगार सिर्जना गर्ने एवं आयआर्जनमा बढावा दिने विषयहरू
– प्रतिश्पर्धात्मक एवं तुलनात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धन हुने कृषि, गैरकृषि र सेवा क्षेत्रका कार्यक्रम तथा आयोजनाहरू
– वडाबाट छानिएर आएका योजनाहरु
– वातावरण संरक्षण र सम्वर्दनमा सहयोगी हुने आयोजनाहरू
– स्थानीय निकायको आन्तरिक आय वृद्धि गर्ने कार्यक्रमहरू
– समान प्रकृतिका आयोजनाहरूमध्ये बढी जनसहभागिता एवं लागत सहभागिता जुटाउन सकिने आयोजनाहरू
– शिक्षा, स्वास्थ्य, पोषणसँग सम्बन्धित आयोजनाहरू
यस गरिमामय चौथो नगर सभाका सभाध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,
आर्थिक वर्ष ०७६।०७७ को वजेटको मुख्य लक्ष्य समृद्ध नगरपालिका निर्माण गर्नु हो भने उक्त लक्ष्य हासिल गर्न तपसिल बमोजिमको उदेश्य राखिएको छ ।
– विकास योजनाको छनौट, कार्यान्वयन र सञ्चालन तथा उपयोगमा स्थानीय जनताको सहभागितामा वृद्धि गरी विकासलाई जनताले आत्मसाथ गर्न सक्ने तुल्याउने ।
– पूर्वाधार निर्माणलाई केन्द्रित गरेर सबैको साझा संरचना निर्माण गर्न समन्वय गर्ने ।
– अर्थपूर्ण सहभागिताको प्रणालीलाई अवलम्बन गरेर जनमूखी सेवाको आभास दिलाउने ।
– कृषिको व्यवसायीकरण, पर्यटनको विकास, जलश्रोतको उपयोग, जडिवुटीको उत्पादन र लघुउद्यमको विस्तारको माध्यमद्धारा स्वरोजगारको अवसर सृजना गरी आर्थिक समृद्धि हासिल गर्ने ।
– स्थानीय श्रोत र साधनको अधिकतम सदुपयोग गर्दै विभिन्न कार्यक्रमहरू मार्फत नगरपालिकावासीको जीवनस्तर उकास्ने ।
– शिक्षा क्षेत्रमा भएका अपसंस्कृतिहरुको समूल अत्य गरी वैज्ञानिक एवं प्रविधिमैत्री सिकाई मार्फत दक्ष जनशक्ति उत्पादन गरी प्रयोग गर्ने ।
– सम्बन्धित निकायहरुका नीति तथा कानूनलाई आत्मासाथ गरी आवश्यक क्षेत्रमा स्थानिय नीति तथा कानुन निर्माण गरी सुशासन तथा समृद्ध नगर निर्माणमा उन्मुख हुने ।
– स्थानीय विकासलाई दिगो र व्यवस्थित ढंगले कार्यान्वयन गरी अभिलेख चुस्त पार्ने ।
– विभिन्न आधारहरू लिई तर्जुमा भएका कार्यक्रमहरूलाई समय मै प्रारम्भ र समय मै सम्पन्न गरी स्थानीयस्तरमा सेवाको पहुँच वृद्धि गर्दै समातामूलक समाजको निर्माण गर्ने ।
– प्रतिफलयुक्त योजना तथा कार्यक्रमहरूलाई सार्वजनिक निजी, साझेदारी कार्यक्रमका रूपमा विस्तार गरी साझेदारी र अपनत्वको विकास गर्ने ।
यसै क्रममा प्राथमिकताका क्षेत्रहरूलाई निम्नानुसार प्रस्तुत गर्न चाहान्छु ।
– आन्तरिक आयको वृद्धि
– भौतिक पूर्वाधार विकासमा तिव्रता
– पर्यटन पूर्वाधारको विकास
– आधारभुत शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण र सरसफाई
– लक्षितवर्गको क्षमता विकास एवं सशक्तिकरण
– युवा उद्यमीकरण र रोजगारी साथै खेलकुद
– सेवाग्राहीमैत्री विकास प्रशासन र संस्थागत सुशासन
– प्राकृतिक स्रोत र वातारण संरक्षण
– सूचना तथा संचार क्षेत्रको संस्थागत सुदृढीकरण
– भाषा संस्कार संस्कृतिको अभिलेखीकरण
– वालमैत्री स्थानीय शासनको प्रवद्धन, जेष्ठ नागरिक तथा उपांग मैत्री
– कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायीकरण, विविधिकरण, प्रविधिकरण र वजारीकरण

यस गरिमामय चौथो नगर सभाका सभाध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,
अब म हलेसी तुवाचुङ नगरपालिकाको आ.व. ०७६/७७ मा सञ्चालन हुने विभिन्न कार्यक्रम तथा योजनाहरुको लागि तर्जुमा गरिएका नीति तथा रणनीतिहरु यो सभामा पेश गर्न चाहान्छु ।
१ . आर्थिक विकास
(क) कृषि तथा पशु– ‘कृषिको विकास, गरिविको निकास’
– दुधकोशी र सुनकोशीको कोशी कोरीडरमा खेतीयोग्य बस्ती र जमिनको पहिचान गरी लिफटीङ प्रणालीबाट सिचाईको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ ।
– यस नगरपालिकामा सुख्खा खडेरीको कारण यहाँको प्रमुख बालीमा असर परी खाद्य संकट भई भोकमरीको अवस्था भएकोले खाद्य संकट क्षेत्र घोषणा गरी खाद्य सुरक्षा कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था मिलाईनेछ । साथै यस कार्यक्रमका लागि संघ र प्रदेश सरकारलाई खाद्य सुरक्षा कार्यक्रम संचालनको लागि अनुरोध गरिनेछ ।
– नगरपालिकाका वडा नं.१,२,३ मा गहत, खुर्सानी र कोशेबाली, वडा नं.१,२,५,८ र ११ वडामा बदाम खेती पकेट क्षेत्र घोषणा गरी आवश्यक बजेट व्यवस्था गरिनेछ ।
– पत्येक वडा वा टोलमा रहेका कृषि सहकारीलाई प्रोत्साहन गरी उत्पादन र आयमुलक कृषि तथा पशुजन्य उत्पादन संग जोड्न अभिवृद्धि गरिनेछ ।
– विभिन्न बालीको पकेट स्थलमा व्यवसायिक र अग्र्यानिक कृषिलाई प्रवद्र्धन गरी संकलन विन्दु, संकलन केन्द्र र हाटबजारका साथै राष्ट्रिय स्तरको बजारीकरणमा टेवा पुग्ने कार्यमा जोड गरिनेछ ।
– रसायनिक मलको आयात प्रतिस्थापन गर्न मुत्र संकलन एवं गोबर खाल्डो सुधार कार्यक्रम संचालन गर्ने तथा लघु मझौला प्राङ्गरिक मल स्थापना गरिनेछ।
– कृषि तथा पशुजन्य उत्पादनमा संलग्न कुशल, योग्य र सफल अगुवा कृषक वा कृषक समूहलाई लगानीमैत्री ठोस अनुदान उपलब्ध गराईनेछ ।
– सर्वभुलभ रुपमा कृषि तथा पशुजन्य उत्पादनको पहुँच पुर्याउन कृषि सिकाई श्रोत अनुसन्धान केन्द्र तथा परामर्श केन्द्र स्थापना विकास र विस्तार गरिनेछ ।
– मासु तथा दुधजन्य पदार्थको व्यवस्थित पशु वधशाला तथा डेरी दुध उत्पादन केन्द्रकोे स्थापना तथा विस्तार गरीनेछ ।
– कृषि तथा पशुजन्य प्रत्येक क्रियाकलापहरुमा अनुगमन, नियमन र सुपरिवेक्षणमा कडाई गरी समतामुलक,समावेशी विकास गरिनेछ ।
– पुरस्कार, सम्मान, प्रशंसा, दण्ड–जरिवाना र सजायको व्यवस्था गरी कृषि कार्यप्रणलीलाई व्यवस्थित गरी अगाडी बढाईनेछ ।
– प्रत्येक कृषि उत्पादनलाई पर्यटनसंग हातेमालो गर्दै प्रत्यक्ष रुपमा आन्तरीक र बाह्य पर्यटक भित्राउदै आयआर्जनसंग जोडीनेछ ।
– नयाँ नयाँ खेती (जस्तैः पुष्प खेती ) लाई विस्तार गरिनेछ ।
– विभिन्न कृषि पकेटहरुमा वानस्पतिक तरिकाको उपचारबाट कृषि शिविर संचालन गरी अर्गानिक कृषि क्षेत्र घोषणा गर्ने व्यवस्था मिलाईनेछ ।
– विभिन्न कृषि उत्पादनको कृषि भण्डारण स्थल निर्माण विकास एवं विस्तार गर्दै लगिनेछ ।
– कृषि क्षेत्रको बाली तथा पशुपंक्षि विमा कार्यलाई प्रभावकारी बनाई दुर्गम बस्तीका कृषकहरु माझ पहुँच पुर्याउने व्यवस्था मिलाईनेछ ।
– विदेशिएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउन युवा उद्यमी परिचालन कार्यविधी संशोधन गरी आकर्षक बनाउनुका साथै सहुलियतपूर्ण कृषि कर्जा, कृषि औजार उपकरणहरु र कृषि तथा पशुपंक्षिजन्य उद्योगहरुमा अनुदानको व्यवस्था गरी व्यापारमा कर सुविधा उपलब्ध गराई प्रतिस्पर्धी बनाईनेछ । साथै संचालनमा रहेको युवा उद्यमी कार्यक्रम मार्फत उदमीहरुलाई जवाफदेहिता,पारदर्शिता गर्दै लगिनेछ ।
– विभिन्न कृषि बजार,उत्पादन तथा अन्य आवश्यक नीति,कार्यविधि आदि निर्माण गरी लागु गर्दै सहज कार्यान्वयन गरिनेछ ।
– जीवनासक विषादी, भेटेरीनरी औषधी, एन्टिबायोटिक, रासायनिक हर्मोनको सहि उपयोग गरिनेछ ।
– पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान केन्द्र स्थापना विकास एवं विस्तार गरिनेछ ।
– अनुसन्धानबाट विकास एवं सिफारिस भएका उन्नत विउ विजन,कृषि औजारहरु तथा प्रविधिहरु तालिम प्याकेजका रुपमा कृषकहरुको घर दैलोमा पुर्याउने व्यवस्था मिलाईने छ ।
– प्रत्येक गाँउमा एक गाँउ एक कृषि तथा पशु विकास समूह गठन,वडा स्तरमा कृषि तथा पशु विकास समिति र नगरपालिका स्तरमा नगर कृषि तथा पशु विकास समितिको संस्थागत क्षमता अभिवृद्धि तथा परिचालनको कामलाई यथासक्य अघि बढाईनेछ ।
– वडा स्तरमा संकलन विन्दु, नगर स्तरमा संकलन केन्द्र निर्माणाधिन अवस्थामा रहेकोले कृषि बजारको राष्ट्रिय स्तरसम्म सञ्जाल विस्तार गरिनेछ ।
– कृषि क्षेत्रमा क्रियाशिल सम्पूर्ण सरकारी, गैरसरकारी र निजी निकायसंग समन्वय, सहकार्य कायम गरी एक द्धार प्रणाली मार्फत कार्य गरी कार्यान्वयन पक्षलाई नतिजामुलक बनाउदै लगिनेछ ।
– कृषि मेला प्रदर्शनी, पशु स्वास्थ्य शिविर, पशु स्वास्थ्य खोप, कृषक पाठशाला, अगुवा कृषक परिचालन,कृषि तथा पशु सेवा ना.प्रा.स. र भेट प्राविधिकलाई परिचालन जस्ता क्रियाकलापहरु अगाडी बढाईनेछ ।
– एक गाँउ एक प्राविधिकहरुको प्राविधिक सेवालाई निरन्तरता प्रदान गरिनेछ ।
(ख) पर्यटन – ‘पर्यटकीय सहर, हलेसी तुवाचुङ नगर’
– हलेसी तुवाचुङ नगरपालिकालाई पर्यटकीय दृष्टिकोणले विश्वकै आकर्षक गन्तव्य वनाउनका लागी किरात, हिन्दु, बौद्ध धर्मालम्वीहरूको पवित्र त्रिधार्मिक स्थल हलेसीको सांस्कृतिक, धर्मिक तथा ऐतिहासीक महत्वलाई संरक्षण र प्रर्वद्धन गर्ने गरी हलेसी बृहतर गुरूयोजना निर्माणको प्रकृयालाई यसै बर्ष सम्पन्न गरि कार्यान्वयन प्रक्रियामा लगिनेछ ।
– हलेसी मन्दिर परिचालन र व्यावस्थापन नगरपालिकाले गर्नेछ ।
– परापुर्वकालदेखि हलेसी महादेवको नित्य नैतित्य पुजा गर्न प्रचलनलाई प्रभावकारी बनाउदै निरन्तरता दिइनेछ ।
– हलेसी महादेवको मन्दिरमा सञ्चालनमा रहेको आरती पुजालाई निरन्तरता दिई थप प्रभावकारी बनाइनेछ।
– हलेसी मदिन्रको संरक्षण सम्बद्र्धन गर्न कृयाशिल संघ संस्थाहरू मन्दिर समिति विकास समितिलाई नगरपालिका प्रति उतरदायी बनाइनेछ ।
– हलेसी मन्दिर परिसरमा सञ्चालनार्थ रहेको डोरा माला कुम्भ बत्ती, फोटो खिच्ने आदि कार्य नगरपालिकाले आफै गर्नेछ वा नगरपालिकाले निर्माण गरेको मापदण्ड अनुसार सञ्चालनमा ल्याइनेछ ।
– धार्मिक एवं पर्यटकीय क्षेत्रहरु जस्तै हलेसी महादेव, वसाहा थान, ककनी, मञ्जुश्री, सप्तेश्वर गुप्तेश्वर ताराखसे जस्ता धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा आफुखशी धोजा पटेका लुङडार राख्ने कार्यले धार्मिक एवं पर्यटकिय सुन्दरतामा खलबल पुग्न गएका हुदाँ अव उप्रान्त नगरपालिका क्षेत्र भित्र नगरपालिकाले निर्माण गरेको मापदण्ड अनुसार आवश्यक सुल्क लिई त्यस्को वेवस्था मिलाइनेछ ।
– यस नगरपालिका धार्मिक एवं पर्यटकिय क्षेत्र भित्र नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार सुल्क लिन सक्नेछ ।
– हलेसी मन्दिरको मुख्य भाग शिव लिङ्ग वरिपरिको घेराबारा साथै प्रवेश गर्ने सिढी जिर्ण भएको हुनाले उक्त स्थानहरुको जिर्णद्धारको लागि यस नगरले पर्यटन मन्त्रालय र पुरातत्व विभागसँग भएको निर्णयअनुसार पुरातात्यिक हिसाव संरचना निर्माणलाई गुणस्तरीय कायम गरिनेछ ।
– हलेसी क्षेत्र वृहत गुरुयोजना निर्माण गरी म्एच् तयार गरी सोही अनुसारको संरचना निर्माण गरिनेछ ।
– ऐतिहासिक एवं पुरातात्विक स्थानहरुको इतिहास, सस्कृति र पहिचानको आधारमा आधिकारिक दस्तावेज निर्माण गरिनेछ ।
– हलेसी महादेवस्थानको साविक वडाहरु ४, ५, ७ र ८ का जग्घाहरु हलेश्वोर महादेव गुठीको नाममा रहेको, जग्घा धनिहरुले विक्री वितरण वा व्यापार व्यावसाय गर्न धितो बन्दकी राख्न समस्या भएको हुनाले हलेसी मन्दिरको नाममा भएको जग्घाहरु गुरुयोजना निर्माणको लागि आवश्यक पर्ने जग्घा लिएर बाँकी जग्घा रहेको कुन प्रकृतिको हो ? मन्दिरको नाममा कायम हुने हो वा होइन व्यक्तिले आफ्नो सम्पत्तिको हक भोग बमोजिम भाग चलन गर्न पाउने हो, होइन एकिन गरी धेरै लामो समयदेखि भएको अन्योलता हटाउन सम्बन्धित निकायसँग पहल गरिनेछ ।
– यस हलेसी मन्दिरको नाममा भएको चल अचल सम्पत्तिको खोजी गरी मन्दिरको नाममा कायम गरिनेछ ।
– हलेसी क्षेत्रको प्रथम कविला होलेसुङको सम्मानमा होलेसुङ पार्क निर्माणको चरण लाई तिब्र गति प्रदान गरी पर्यटन पर्वद्धन तथा विकाश गरिनेछ ।
– हलेसी महादेव लगायत सबै धर्मिक सांस्कृतिक, पर्यटकीय स्थलहरूबाट प्राप्त आम्दानी लाई नगरपालिकाको प्रमुख श्रोतको रूपमा लिईनेछ ।
– पर्यटन प्रवद्धनको लागि नगरपालिका भित्र उचित स्थानको पहिचान गरि हेलिप्याडको निर्माण गरिनेछ ।
– पर्यटन प्रवद्धनको लागि बृहत प्रथम हलेसी महोत्सवको आयोजना गरिनेछ ।
– नगरपालिकाको स्थानिय भाषा, लोक संस्कृतिको संरक्षण तथा सम्वद्धनमा स्थानिय महिला समूह तथा स्वयंशेवी युवा क्लवहरूलाई परिचालन गरिनेछ साथै युवाहरूलाई दोभासे र पर्यटक गईड सम्बन्धि तालिमको ब्यवस्था गरिनेछ ।
– हलेसी तुवाचुङ नगरपालिकालाई पर्यटकीय दृष्टिकोणले विश्वकै आकर्षक गन्तव्य वनाउनका लागी प्राकृतिक सौन्दर्य, विशिष्टता, सामाजिक वैभव, पौराणिक, किरात, हिन्दु, बौद्ध धर्मालम्वीहरूको पवित्र त्रिधार्मिक स्थल हलेसीको सांस्कृतिक, धर्मिक तथा ऐतिहासीक महत्वलाई संरक्षण र प्रर्वद्धन गर्ने गरी हलेसी महोत्सवको आयोजना गरिनेछ ।
– हलेसी महादेव मन्दिरको सौन्दर्यतालाई कायम राख्दै डोरामाला लुङदो र कुम्भ वत्तिहरूको उचित ब्यवस्थापन गरिनेछ ।
– किराँत राई समुदायको उद्गम स्थल तुवाचुङलाई सांस्कृतिक पार्कको रूपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
– पर्यटन पर्वद्धनको लागि खुल्ला चिडियाखाना, समावेसी संग्राहालयको संभाब्यता अध्यायन गरिनेछ ।
– हलेसीको मारातिका गुम्बा संचालक समिति संग समन्वय गरि बौद्ध धर्म सम्वन्धि कार्यक्रम संचालन गरिनेछ
– दुधकोशी वाट सुनकोशीको ¥याफ्टीङ र अल्ट्रा ¥याफ्टीङ, जोड्तीघाट हुँदै भुंम्जु, मंगलटार, होलेसुङ, हलेसी, तुवाचुङ हुदै राजापानी सम्मको ट्रेकिङ, हलेसी वाट तुवाचुङ सम्मको हाईकिङको सम्भाव्यता अध्यायन गरि पर्यटन पर्वद्धनमा विषेश ध्यान दिईनेछ ।
– पर्यटकहरूको आकर्शणको लागी स्थानिय सामाग्री वाट निर्मित सामाग्रीहरू झल्कने गरि भोजन गृह, होम स्टे, स्थानिय गाईड, भ्यू टावर,भ्यू पईन्ट, सूचना केन्द तथा मनोरञ्जन पार्कहरूको व्यवस्था गरिनेछ ।
– पर्यटन प्रवद्र्धनको लागि नगरका महादेव गुफा, बसाहा गुफा, होलेसुङ गढी, तुवाचुङ डाँडा, भुम्जु डाँडा, खोचेलिपा पोखरी, नागथान, भैरव गुफा, ककनी, गुप्तेश्वर गुफा, सप्तेश्वर गुफा, ताराखसे भञ्ज्याङ गुरूधुम, दुङदेलो, सल्लेपोखरी, राजापानी गढी, च्यास्मीटार गढी, सुत्केरी ढुंङगा, थामेपोखरी जस्ता प्रमुख पर्यटकीय स्थलहरूको हलेसी महादेव मन्दिर संगै पूर्वाधार विकासमा लगानी गरिनेछ ।
– स्थानिय सिप तथा स्रोत बाट निर्मित हस्तकला, मुर्तिकला र चित्रकलाका सामाग्रीहरू सहितको कोशेली घर निर्माण गरि पर्यटन प्रवद्धनमा सघाउ पु¥याईनेछ ।
ग) उधोग एवं बाणिज्य ः
– नगरका व्यवसायीहरुलाई लघु तथा साना उधोग स्थापनार्थ लगानि मैत्रि वातावरणको सृजना गरिनेछ ।
– संचालनमा रहेका साना उधोगहरुलाई नगरपालिकामा दर्ता गराई ब्यबसायीक वनाउन पहल गरिनेछ ।
– स्थानिय स्रोत, भुगोल र उधमशिलताको पहिचान गरि उधोगहरुको ब्यबस्थापन गरिनेछ ।
– वातावरण मैत्री ढंगले खानि तथा खनिज पदार्थमा आधारित उधोगलाई प्रोत्साहित गरिनेछ ।
घ) सहकारी ः
– सहकारी ऐन २०७४ अनुसार नगर सहकारी ऐन तथा नियमावलि निर्माण गरि दर्ता प्रक्रिया अगाडि बढाईनेछ ।
– विभिन्न संघ संस्था तथा दातृ निकायद्धारा अनौपचारीक रुपमा संचालन भएका सहकारी संस्थाहरुको अध्ययन अनुसन्धान गरि व्यवस्थापन गरिनेछ ।
– साविकमा सहकारी डिभिजनमा दर्ता भई आएका यस नगरपालिकाका २४ वटा सहकारी संस्थालाई नियमन, अनुगमन र प्रशिक्षण जस्ता कार्यक्रम सम्बन्धित शाखाको नेतृत्वमा गरिनेछ ।
२. सामाजिक विकास
(क) खानेपानी तथा सरसफाई
– हलेसी तुवाचुङ नगरपालिका खुल्ला दिशामुक्त घोषणा भई सकेको र चालु आ.व. भित्र नै यस नगरपालिकालाई पूर्ण सरसफाइ नगर बनाउनको लागि कार्यक्रमहरू सञ्चालन गर्ने निति लिइनेछ ।
– नेपाल सरकार यस नगरपालिकाको ७ वटा वडा क्रमशः १,२,३,४,५,६ र ७ लाई सुख्खा क्षेत्र घोषणा पहिल्यै गरेको र नगर सभाको पहिलो साधारण वैठकले अन्य ४ वटा वडा क्रमशः ८,९,१० र ११ लाई पनि सुख्खा क्षेत्रमा समावेश गर्ने निर्णय गरेको र पहिलो चरणको काम शुरू भैसकेको हुँदा सोहि अनुसार खानेपानी उपलब्धताको कार्यक्रम तथा योजनालाई अगाडि वढाईनेछ ।
– नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड निर्माण गर्न निशुल्क रूपमा जग्गा प्राप्त भइसककोले र सार्वजनिक निजी साझेदारी नीति अख्तियारी गरी फोहोर व्यवस्थापन गरिने छ ।
– खानेपानी मुहान संरक्षण तथा प्लास्टीक पोखरी निर्माण गर्ने र आकाशेपानी संकलन कार्यक्रम लाई उच्व प्राथमिकतामा राखिनेछ ।
– खानेपानी तथा सिंचाई लगायत लिफ्टीङ, डिपबोरिङ, रिर्चाजएवल पोखरीको लागी सम्भाब्यता अध्यायन गरी आवश्यक वजेट विनियोजन गरिनेछ ।
– उद्योग वाणिज्य संघ, गैर सरकारी संस्थाहरूसंग सहकार्य गरी सरसफाईसम्बन्धी व्यवहार परिवर्तन गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
 विनाशकारी भुकम्पको कारणले खानेपानीका मुहानहरू सुक्ने तथा स्थानान्तरण हुने समस्याले यो नगरपालिका पनि अछुतो रहन सकेन । तशर्थ खानेपानीको मुहान संरक्षण गर्न र नगरवासिलाई स्वस्थ खानेपानी उपलव्ध गराउन खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखिनेछ ।
(ख) शिक्षा
– नगर क्षेत्रमा नमूना विद्यालय, कृषी, पर्यटन विधालय तथा प्राविधिक विद्यालयको स्थापना गरि यस नगरपालिकाको छुट्टै पहिचान निर्माण गरिनेछ ।
– नगरपालिकालाई त्रिभाषिक नीतिमा लैजान किराती समूदाय अन्तर्गत चाम्लिङ भाषामा अध्ययन अध्यापन गराउन सुरू गरिनेछ र क्रमिक रूपमा अन्य भाषालाई पनि प्राथमिकतामा राखिनेछ ।
– साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको सम्मानमा नगर स्तरिय वि.पि. कोइराला पुस्तकालय स्थापना गरिनुका साथै एक विद्यालय एक पुस्तकालय नीतिलाई अवलम्वन गरिनेछ ।
– सरकारद्धारा जारी गरिएको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका ०७२ को पुर्न रुपमा कार्यान्वयन एवं सार्वजनिक विद्यालयको स्तर उन्नती गराइने ।
– प्रत्येक विद्यालयमा विषयगत शिक्षकहरुको व्यवस्था मिलाइनेछ ।
– नगरपालिका क्षेत्रमा बालबालिकालाई लक्षित गर्दै खेलकुद विकास कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
– सामूदायिक विद्यालयको विधार्थीहरूको क्षमता विकासको लागि, खानेपानी तथा शौचालयको लागि, कक्षा कोठा व्यवस्थापनको लागि आवश्यक बजेट बिनियोजन गरिएको छ र क्रमागत रूपमा कार्यक्रम संचालन गरिइनेछ ।
– नगर क्षेत्रमा रहेका बालविकास केन्द्रहरूको भौतिक पुर्वाधार विकास तथा स्तरोन्नतिको लागि शिक्षा विकास तथा समन्वय इकाई, तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
– नगरक्षेत्रका विद्यालयहरुमा कायम रहेका नीजि शिक्षकहरुलाई आवश्यकताको आधारमा व्यवस्थापन र समायोजन गरिनेछ ।
– विद्यार्थी संख्या र शिक्षक दरबन्दिलाई पुनरावलोकन गरी विद्यालयहरु मर्ज गर्न, स्थानान्तरण गर्न तथा कक्षा थप गर्ने नीति अपनाइनेछ ।
– प्रध्यानाध्यापक, लेखापाल तथा शिक्षकहरुलाई व्यवस्थापन अध्यापन शैली तथा कम्प्यूटर र लेखा लगायतका विषयमा तालिम दिइनेछ ।
– नीजि विद्यालयलाई विद्यालयको भौतिक संरचना, भर्ना शुल्क, तथा नगर शिक्षा नियमावलीले तोकेको मापदण्डको आधारमा स्थापना गर्ने, सञ्चालन गर्ने, कक्षा थपको व्यवस्था गरिनेछ ।
– प्रत्येक विद्यालयको विद्यार्थीको क्षमता तथा प्रतिभाहरुलाई उजागर गर्न साप्ताहिक तथा मासिक रुपमा अतिरिक्त क्रियाकलाप अनिवार्य संचालन गर्ने नीति लिइनेछ ।
– महेन्द्रोदय मा।वि। हलेसीमा प्राविधिक धार अन्तरगत इन्जीनयरीङ विद्या संचालन गरिनेछ।
– टोलटोलमा पठन सीप विकास गर्न पुस्तकालय स्थापना गरिनेछ।
– उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई गरिव तथा जेहेन्दार छात्रवृत्तिको व्यवस्था गरिनेछ।
– एकमुष्ठ अनुदान दिई विद्यालय संचालन गरिनेछ।
– नगर शिक्षकको दरबन्दी सृजना गरि तालिम दिइनेछ।
– वालविकासका सहयोगी कार्यकर्तालाई खाजा खर्च तथा प्रोत्साहन भत्ता दिइनेछ।
– विद्यार्थीको सिकाई उपलब्धिको आधारमा शिक्षकको मुल्याकंन गरिनेछ।
– कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको लेखन सीप विकास गर्न अभ्यास पुस्तिका र पेन्सिलको व्यवस्था गरिनेछ।
– हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐन निर्ण गरिनेछ।
– सिकाइ उपलब्धिको आधारमा विषयगत शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेछ।
– अभिभावक शिक्षाको व्यवस्था गरिनेछ।
– हलेसी तुवाचुङ नगरपालिकाको १० वर्षे शैक्षिक गुरु योजना निर्माण गरिनेछ।
– छात्राहरुलाई स्यानिटरी प्याडको व्यवस्था गरिनेछ।
– विद्यालयहरुमा प्राथमिक उपचारको व्यवस्था गरिनेछ।
– सुत्केरी विदामा रहेका महिला शिक्षकको ठाउँमा सट्टा शिक्षकको व्यवस्था गरिनेछ।
– विद्यालयहरुमा जंक फुड निषेधित गरिनेछ।
– परीक्षणको रुपमा केही विद्यालयहरुमा दिवा खाजाको व्यवस्था गरिनेछ।
– विद्यालयमा शिक्षक विद्यार्थी अनुपातका हिसावमा दरबन्दी मिलान र आवश्यकताका आधारमा विद्यालय भर्ना गरिनेछ।
– योग्य शिक्षकहरुको छनौटका लागि निष्पक्ष रुपमा शिक्षक छनौट गर्ने व्यवस्था मिलाइने छ।
– शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुलाई पुनर्ताजकी तालिमको व्यवस्था गरिनेछ।
– स्वच्छ विद्यालय निर्माणका लागि सफा स्वच्छ विद्यालयम अभियान संचालन गरिनेछ।
– विद्यालय शिक्षालाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरिनेछ।
– परीक्षणको रुपमा केही विद्यालयमा प्राथमिक तह देखी नै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइने छ।
– विद्यालयको अनुगमनलाई प्रभावकारी बनाइनेछ।
– शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता बनाइ लागु गरिनेछ।
– विद्यालयहरुमा लगबुकको व्यवस्था गरि लागु गरिनेछ।
– विद्यार्थीको निरन्तर मुल्याकंनलाई प्रभावकारी बनाइने छ।
– स्थानीय पाठ्यक्रमको निर्माण गरी प्रयोग गरिनेछ।
– शिक्षकहरलाई निश्चित समयमा मात्र सरुवा गर्ने व्यवस्था मिलाइनेछ।
– नगरपालिकाबाट पारिश्रमिक बुझ्नेका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठाउने वातावरण मिलाउने काम गरिनेछ।
– शिक्षकहरुलाइ शैक्षिक भ्रमणको व्यवस्था गरिनेछ।
– माध्यामिक विद्यालयहरुमा ई(हाजीरीलाई अनिवार्य बनाइने छ।
– विद्यार्थीको गतिविधिका बारे अभिभावकहरुलाई रिपोर्टिङको व्यवस्ता गरिनेछ।
– विद्यालयहरुमा क्ष्ऋत् को व्यवस्था गरिनेछ।

(ग) स्वास्थ्य
– नगरपालिका स्तरीय प्राथमिक अस्पतालको स्थान छनौट भइसकेको हुदा निमार्ण कार्यको यथासिघ्र पहल गरिने छ ।
– गाउघर क्लिनिक कार्यक्रमलाई सुद्धढ गरिदै लगिने छ ।
– वर्थिड. सेन्टरहरुलाई समय सापेक्ष गुणस्तरीय तथा सुविधा सम्पण वनाउदै लगिने छ ।
– नगर स्तरीय एम्वुलेन्स सेवाको सुरुवात गरिने छ ।
– स्वास्थ्य कर्मीहरुका ेलागि आवश्यक क्षमता अभिवृदि तालिमको लागि सम्वन्धित निकाय सम्म पहल गरिने छ ।
– प्रत्येक स्वास्थ्य संस्थाहरु वाट अन्लाईन रिपोटिड.को लागि चाहिने आवश्य सामाग्रीको व्यवस्थापन गरि संचालनमा ल्याइने छ ।
– स्वास्थ्य सेवामा आम जनताको पहुच पुगोस भने उदेश्यले शहरी स्वास्थ्य केन्द्रहरु विस्तार गरीदै लगिने छ ।
– जनताको घर दैलो सम्म चिकित्सकय सेवा पुयाउने उदेशले नि.शुल्क धुम्ति शिविरहरुकोआयोजनालाई निरन्तरता दिदै लगिने छ ।
– समृत नगरपालिका स्वास्थ्य नगरवासि नारालाई सकारगर्ने उदेश्यले पोषण संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन गरिदै लगिने छ ।
– यस नगरपालिकाको सम्पुर्णवडाहरुलाई क्रमागत रुपमा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिदै लगिने छ ।
– महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रोत्साहन भत्ता लाई निरन्तरता दिदै लगिने छ ।
– महामारी विपदको नियुनिकरणको लागि नगर स्तरीय आकस्मिक कोष साथै द्रुत प्रतिकार्य टोलि ( आर.आर.टी.) लाई तयारी अवस्थामा राख्ने व्यवस्था गरीने छ ।
– प्रत्येक विद्ययालयलाई प्राथमिक उपचारको लागि ाष्चकत बष्म दयह साथै तालिमको व्यवस्था गरिने छ ।
– प्रत्येक माध्यामिकका २ जना छात्रालाई सेनेटरि प्याड निमार्णकोलागि तालिमको व्यवस्था गरिने छ ।
– संचालनमा नरहेको ल्याब सेवालाई यथाशिघ्र संचालनमा ल्याई सेवा सुचारु गरिनेछ ।
– आयुर्वेद स्वास्थ्य नीति
– हाल यस हलेसी आयुर्वेद औषधालयमा विस्तार भई संचालनमा रहेको पंचकर्म सेवा लाई अझ प्रभावकारी बनाउनको लागि १ जना पंचकर्म विषेशज्ञको दरवन्दीको लागि सम्बन्धित निकायमा माग गरिनेछ साथै रोगको पहिचान गर्नको लागि अति आवश्यक ल्यावको स्थापना सहित सबै सेवाहरु सुचारु गरिने छ ।
– यस नगरपालिकाका अन्य वडाहरुमा आयुर्वेद औषधालयको स्थापनाको लागि सम्बन्धित विभागमा माग गरिनेछ साथै हाल आयुर्वेद चिकित्साको पहुँच नपुगेका वडाहरुमा यस औषधालय बाट गाउँघर क्लिनिक संचालन गरि विरामीहरुको निःशूल्क उपचार गर्ने ब्यबस्था मिलाईनेछ ।
– आयुर्वेद औषधालय परिशरमा जडिबुटी उद्यान लगाउने तथा स्थानिय परम्परागत स्वस्थ्य कार्यकर्ता धामी, झांक्रि, महिला स्वयंशेविका तथा समाजिक कार्यकर्ताहरुलाई जडिबुटीको उत्पादन, संरक्षण, प्रवद्धनका साथै त्यसको आयुर्वेद चिकित्सामा अधिकाधिक प्रयोगबारे तालिमको आयोजना गरिनेछ ।
– यस नगरपालिकाका अग्रज किसानहरुलाई जडिबुटी खेती सम्बन्धि तालिम दिने तथा जडिबुटी खेतीको प्रत्यक्ष अवलोकन भ्रमण गराई यसको खेती तर्फ प्रोत्साहन गरि प्रत्येक वडामा ब्यवसायीक जडिबुटी उद्यान संचालन गर्ने ।
– नगरपालिकाका माध्यमिक तहमा अध्यायनरत विधार्थीहरुलाई आयुर्वेद सम्बन्धि विभिन्न विषयहरु पठनपाठन गर्नको लागि नेपाल सरकारले निर्माण गरेको पाठ्यक्रम अनुसार ऐक्षिक विषयमा आयुर्बेद विषय समाबेश गरि अध्यायन अध्यापनको ब्यवस्था मिलाईने छ ।
– स्तनपायी आमा सँगै कुपोषित बच्चाहरुलाइ स्वास्थ्य संरक्षण र स्वास्थ्य रक्षाको लागि आवश्यक जडिबुटि जन्य औषधी वितरण गरिनेछ।
– पंचकर्म शाखालाई अझ प्रभावकारी रूपमा संचालन गर्नको लागि सक्षम प्राविधिक जनशक्ती उपलब्ध गराउने तथा सेवा थप गरिनेछ।
– विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिनेछ।
– नगरपालिकामा नगरस्तरीय योग तथा ध्यान केन्द्र स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
(घ) लक्षित वर्ग तथा समावेशिकरण
– लक्षित समूह कार्यक्रमअन्तर्गत महिला विरूद्धको लैङ्गिक तथा घरेलु हिंसा, महिला हकहित संरक्षण तथा सीप विकास कार्यक्रम, मनोसामाजिक विमर्श कार्यक्रम, गृहिणी महिलाको लागि वातावरण मैत्रि सचेतना कार्यक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
– लक्षित वर्ग तथा सामाजिक समावेशिकरणतर्फ सामाजिक परिचालनको माध्यमद्वारा लक्षित समूहलाई सशक्तीकरण गरि नगरपालिकामा मागमा आधारित कार्यक्रम तयार गरी अझ प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
– आदिवासी जनजातिको पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गरिनेछ ।
– नगरपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्नका लागि बालश्रम उन्मुलन, बाल विवाह, बाल हिंसा उन्मुलन तथा बाल अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यक्रमलाई अगाडि बढाईने छ ।
– नगरस्तरीय आदिवासी जनजाति समन्वय समिति, महिला समन्वय समिति, दलित समन्वय समिति, अपाङ्ग समन्वय समिति, एकल महिला समन्वय समिति तथा बाल क्लव समन्वय समिति को गठन गरि उपयुक्त कार्यक्रमहरू संचालन गरिनेछ ।
– २५ नोभेम्वर देखि १० डिसेम्वर सम्मको १६ दिन महिला हिंसा विरूद्धको रूपमा विभिन्न कार्यक्रमहरूको साथ दिवश मनाईनेछ ।
– सामाजिक सुरक्षा भत्ता वितरणलाई थप व्यवस्थित गर्न वैज्ञानिक रूपमा लागत अध्यावधिक गर्दै वैंकिङ क्षेत्रमा बैक प्रणालिबाट नभएको स्थानमा घर घरमा वितरण गर्ने नीति अवलम्वन गरिनेछ ।
– दलित तथा अपाङ्गहरूलाई विविध विषयमा सीपमूलक तालिमको व्यवस्था गरी क्षमता विकासमा जोड दिईनेछ ।
– वालबालिकाहरूको मनोरन्जनको लागि चिल्ड्रेन पार्कको निर्माण गरिनेछ ।
– नगर क्षेत्र भित्र कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरूको क्षमता विकासका कार्यक्रमहरू संचालन गरिने छ ।
– महिला. हिंसामुक्त वडा र नगर स्थापनाको लागि विशेष पहल गरिनेछ ।
– एकल महिलाहरुलाई जीविकोपार्जन गर्न उपयोगी विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।
– ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरि सार्वजनिक यातायात र सरकारी अस्पतालमा ५० प्रतिशत भन्दा माथी छुटको सहुलियत प्रदानमा सहयोग गराईनेछ ।
– आयमुलक, शिपमुलक, रोजगारमुलक र कार्यमुलक तालिम व्यवस्था गरी क्षताता अभिवृद्धि गर्ने ।
– महिला शसक्तिकरण शिक्षामा महिलाको पहुँच, महिला हिंसा शसक्तिकरण, अन्ध विश्वास रुढीवादी प्रथाका विरुद्धमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालग गर्ने ।
– सासु बुहारी तथा महिला पुरुष सम विकास तालिम र आधारभूत तालिम, अनुशिक्षण महिलाई शहकारी संस्थामा आवद्ध गर्दै लैजाने ।
– विपन्न महिलासंग टेवा कार्यक्रम संचालन गरिनेछ ।
– विकासमा महिला सहभागितालाई जोड दिइनेछ ।
– एकल महिला कोषलाई निरन्तरता दिइनेछ ।
– महिलालाई नेतृत्व विकासको कार्याक्रम ल्याइनेछ ।
– एक वडा एक महिला सहकारी एक सामुदायिक भवन कार्यक्रमलाई आवश्यक रकम विनियोजन गरी निरन्तरता दिइनेछ।
– आवश्यकता र सम्भावनाको पहिचान गरी मागको आधारमा एक वडा एक व्यवसाय विस्तार गरी आयआर्जनमा जोड दिइनेछ।
– महिला हिंसा विरुद्ध र वालविवाह मुक्त वडा घोषणा गर्नको लागि एउटा वडा छानी यसै आर्थिक वर्षबाट विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरि अभियान वर्षको रुपमा लिईनेछ।
– टुहुरा बालबालिकाको संरक्षक तोकी शिक्षा स्वास्थ्य र पालनपोषणमा आवश्यक सहयोग गरिनेछ।
– विद्यालयमा घरेलु प्याड निर्माण गरी निस्शुल्क व्यवस्थापन गरिनेछ।
– उद्यमी महिलाहरुले तयार गरेको स्थानीय सामाग्रीहरुको प्रदर्शनी मेलाको व्यवस्था गरी उत्कृष्ट उद्यमीहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ।
– सिन्के धुप, ढाका खाडी बुनाई कार्यक्रमालई निरन्तरता दिइ पुर्ण रुपमा व्यवसायिक बनाइनेछ।
– जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाको लागि आवश्यक रकम विनियोजन गरी संचालनमा ल्याइनेछ।
– नगरस्तरीय जेष्ठ नागरिक समिति गठन गरी मागमा आधारित कार्यक्रम संचालन गरिनेछ।
– प्रत्येक वडामा अपाङ्गता परिचयपत्र र जेष्ठ नागरिक परिचय पत्र वितरणको लागि घुम्ती शिविर संचालन गरिनेछ।
३. पूर्वाधार विकास
क० सडक नीति
– नगरपालिका भित्रका सडकलाई पर्यटकीय सडक, नगरस्तरीय सडक ,कृषिजन्य सडकको निर्माण कार्य सम्पन्न भैसकेको हुनाले उक्त सडकको स्तर उन्नतिको लागि बजेट विनियोजन गरिने छ ।
– नगरस्तरीय केहि सडक हरुको डी।पी।आर तयार भई हलेसी सल्ले सडक डी।पी।आर । बमोजिम काम संचालन भई रहेको र अन्य सडक हरुको डी।पी।आर ।बमोजिम काम गर्न संघ र प्रदेश सरकार सँग अनुरोध गरिने छ ।
– पूर्वाधार निर्माणको गुणस्तरीयतायकिन गर्न निर्माण सामाग्रीहरुको परिक्षन ,विस्तृत सर्वेक्षण,डिजाइन,सम्झौता लगायतका प्रावधानलाई प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याईनेछ ।
– नगरस्तरीय सडक निर्माणमा भौलागिक अवस्था हेरेर बाह्रै महिना यातायात संचालनको सुनिशिततामा जोड दिईने छ ।
– नगर आवधिक योजना अनुसार –समग्र विकास क्षेत्रहरुमा काम गरिने छ
– संघीय सरकार,प्रदेश सरकार ,नगर विकास कोष , सडक बोर्ड लगायतका साझेदारी संस्थाहरुसंगको सहकार्यमा नगर भित्रका उच्चतम प्राथमिकतामा परेका सडकहरुको निर्माण तथा स्तर उन्नति गर्न साझेदारी नीति अवलम्वन गरिनेछ ।
– नगरभित्र रिङरोड तथा कोशी करिडोरको संभाव्यता अध्ययन गरेर सोहि बमोजिम कार्य अगाडि बढाइनेछ ।
– अन्तर जिल्ला तथा अन्तर स्थानिय तह जोड्ने सडकलाई उच्च प्राथमिकता दिई बजेट बिनियोजन गरिने छ ।
ख ० भवन तथा अन्य भौतिक पूर्वाधार
– नगरपालिका क्षेत्र भित्र उपलब्ध खानी तथा खनिज पदार्थको तथ्यांक संकलन ,अभिलेख र उचित व्यवस्थापन कार्य अघिबढाईनेछ ।
– सम्भव भएसम्म हरेक संरचनालाई अपांग मैत्री बनाउन जोड दिनेछ ।
– एकिकृत बस्ति विकासको अवधारणालाई अवलम्वन गरिने नीति लिईनेछ ।
– नगरपालिकामा नगर स्तरीय एपोर्ट निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने छ ।
– बसपार्क निर्माणको लागि निशुल्क जग्गा उपलब्ध भैसकेको र सहरी विकास तथा भवन निर्माण विभागबाट योजना छनोट भईसकेको हुनाले मापदण्ड अनुसारको बसपार्क निर्माणको लागि पहल तथा अनुरोध गरिने छ ।
– सार्वजनिक स्थानहरुमा आवश्यकताको आधारमा सार्वजनिक शौचालयको निर्माण गरिने छ।
– नगर प्रवेश गर्ने स्थानहरुमा प्रवेश गेट निर्माण गरि आतिथ्यताको संस्कारको विकास गरिने छ।
– नगर क्षेत्र भित्र निर्माण हुने घर तथा संरचनालाई व्यवस्थित गर्न भवन निर्माण विनियम – २०७४ निर्माण गरिसकेकाले नक्सा पास गरेर मात्र भवन निर्माण गरिने छ ।
– नियम विपरित र सार्वजनिक स्थल मिचेर बनाइएका संरचना हरुलाई हटाउने नीतिलाई कडाईका साथ लागु गरिने छ ।
– गुनासो फारम भरेका तर पिडितको नामावली सूचीमानाम प्रकाशित नभएका ,राहत रकम पाउन बाकि पिडितहरुको किस्ता वापत पाउनु पर्ने रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समेत समन्वय गरि आवश्यक प्रक्रिया अगाडि बढाईनेछ ।
 नगरपालिका भित्र निर्माण भएका सडक हरुको लागत कट्टा गरि नक्सा कायम गरिने छ।
 विकास निर्माणमा चढ्दो मेसिन औजार र उपकरणको प्रयोग लाई काम गरि प्रतक्ष्य रोजगारी सिर्जना गर्न नगरपालिका मा संचालन हुने सबै खाले योजनाहरुमा युवाहरुलाई परिचालन गरिनुको साथै कार्य विधि निर्माण गरिनेछ ।
 मानवीय जनशक्तिबाट सम्पन्न गर्न नसकिने जटिल प्रकृतिको काम ठुला आयोजना संचालन गर्नको लागि मात्र मेसिनरी औजार प्रयोग गरिने छ । त्यस्ता आयोजनाहरु संचालन गर्न नगरले चाहिने आवश्यक मेसिनरी औजारको खरिद गरिने छ । वा घटाघटमा मेसिनरी औजार भाडामा लिई स्वीकृत गरि सुलभ लागतमा योजना संचालन गर्ने व्यवस्था मिलाइने छ ।
(ग) विद्युत तथा वैकल्पिक उर्जा
 आ।व। २०७६र७७ भित्रमा उज्यालो नगर घोषणा गरिनेछ।
 यही आ।व।मा वडा नं १ देखि ४ सम्मको वडालाई उज्यालो वडा घोषणा गरिनेछ।
 हलेसी तुवाचुङ नगरपालिकालाई धुवा रहित नगरपालिका बनाउनका लागि फलामे चुलो अनुदानमा वितरण गरिनेछ ।
 प्रार्थमिकताको आधारमा केही हदसम्म फलामे विद्युत पोलहरुको वितरण गरिनेछ ।
 विद्युत विस्तार गर्न नसकिने नगरपालिका विभिन्न वस्तीहरुमा निश्चित अनुदानमा सोलार वितारण कार्यक्रम सञ्चालन गरिनेछ ।
४. वन वातावरण तथा विपद् व्यवस्थापन
(क) विपद व्यवस्थापन तथा भुसंरक्षण
 नगर स्तरिय विपद ब्यवस्थापन समिति गठन गरि सकिएको छ र नेपाल रेडक्रस सोसाईटी लगायत अन्य विभिन्न गैर सरकारी संस्थाहरूसंग समन्वय गरि विपद न्युनिकरण तथा विपद तयारी कार्यलाई प्रभावकारी बनाईनेछ ।
 नगर क्षेत्रमा हुनसक्ने प्रकोपलाई ध्यान दिई विपद प्रकोप व्यवस्थापन कोषको स्थापना गरीएको र निरन्तरतामा आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
 प्रकोपबाट समग्र नगरबासिको सुरक्षाको लागि समयमा प्रकोप सुचना प्रवाह तथा प्रकोप क्षेत्रमा समयमै उद्वार तथा राहत कार्यक्रम संचालनका लागि सम्पूर्ण नगरवासी युवाहरूलाई परिचालन गर्नु पर्ने महशुस गरी वजेट विनियोजन गरिएको छ ।
 सचेतनामुलक कार्यक्रमहरू संचालन गर्नका लागि गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्दै जाने नीति अवलम्वन गरिएको छ ।
 दमकलमैत्री सडक संरचना निर्माणमा स्थानीय नगरवासीहरूसँग आवश्यक समन्वय गरिराखिएकोमा यसलाई मूर्त रूप दिन उचित पहल गरिनेछ ।
 विपद जोखिम न्यूनिकरणको लागि आवश्यक सामाहरु खरिद गरी नगरपालिकामा राखिने छ ।
 विपद जोखिम न्यूनिकरणको लागि नगर स्तरिय सुचना केन्द्र निर्माण गरिनेछ ।
(ख) वन, वातावरण तथा जलवायु परिवर्तन
 विभिन्न किसिमका जडिबुटी तथा फलफुलहरुको नर्सरी व्यावस्थापन गरिनेछ ।
 सडक निर्माण गर्दा दुवैतर्फ वृक्षरोपण गर्ने नीति लिइएको छ तथा भ्लखष्चयलmभलत ःबलबनझभलत एबिल ९भ्ःए० बनाई कार्यान्वयन गरिनेछ ।
 हलेसी तुवाचुङ नगरभित्र रहेका सयौं रोपनी सामुदायिक वनवाट आम नागरिकले आर्थिक उपार्जन गर्न नसकिरहेको अवस्थामा सामुदायिक वन उपभोक्ता समिति र महासंघसँग सहकार्य गर्दै वन क्षेत्रमा उत्पादन हुन सक्ने जडिबुटी उत्पादनको सम्भाव्यता अध्ययन गर्न माटो परिक्षण र जडिबुटी उत्पादन सम्बिन्धी विस्तृत अध्ययन गर्न पहल गरिनेछ ।
 वृक्षारोपण तथा भु–संरक्षण कार्य गर्दा साझेदारी गर्ने नीति लिइनेछ ।
 ठूला पुर्वाधार निर्माणका योजनाहरू संचालन गर्दा संम्भाब्यता अध्यायन गरेर मात्र योजना संचालन गरिनेछ ।
 जलवायु परिवर्तनबाट नगरपालिकामा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न सरोकारवाला निकाय, गै.स.स. तथा विकास साझेदारसँग समन्वय र सहकार्य गरी स्थानीय जलवायु परिवर्तन अनुकुलन कार्ययोजना तर्जुमा गरि कार्यान्वयनमा ल्याइने छ ।
 वन क्षेत्रलाई स्थानिय तहको आर्थिक स्रोतको प्रमुख आधार वनाउनको लागि आवश्यक नीति निर्माण तर्जुमा गरिनेछ ।
 वन व्यवस्थापन र उर्जा विकासलाई जोडि जैविक उर्जाको उत्पादन वृद्धि गरिनेछ ।
 नगरपालिकाले आफ्नो क्षेत्रको वन, जल, खनिज आदि प्रकृतिक स्रोतहरूको दोहन तथा उपयोगबाट प्राप्त आम्दानिको निस्चित हिस्सा प्राकृतिक स्रोत साधनको संरक्षण तथा वातावरणिय सचेतना कार्यक्रममा खर्च गरिनेछ ।
 स्थानिय वन, जंगल, जलस्रोत, तथा भुमिस्रोतको व्यवस्थापनमा स्थानिय समुदायलाई सहभागी गराउँदै खाद्य सुरक्षा, उर्जा सुरक्षा तथा जल संरक्षणको माध्यमले स्थानिय जनतामा आय अर्जन र रोजगारीको अवसर मिलाईनेछ ।
 जल, जमिन, जंगल, जडिबुटि र जलाधार भन्ने नारा लाई अनुसरण गर्दै यसलाई स्थानिय जनताको समृद्धिको आधार वनाईनेछ ।
 नगर क्षेत्र भित्र विभिन्न दुर्लभ वनस्पतीहरूको गार्डेन सहितको उद्यान निर्माण गरिनेछ ।
 वातावरणमैत्री विकास पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
 हरियो हलेसीको अवधारणा अनुरूप पार्क निर्माण, विकास र प्रबद्र्धनमा जोड दिइनेछ ।
 विश्व वातावरण दिवसको अवसरमा एक घर एक विरुवा रोप्ने नीति ल्याइने छ ।

५. सुशासन तथा संस्थागत विकास
(क) मानव संशाधन विकास
 नगरक्षेत्र भित्र बसोबास गर्ने आर्थिक रूपले सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मूख गराउन घरेलु तथा साना उद्योग कार्यालय र अन्य शीप तथा व्यवसाय प्रबद्र्धन गर्ने निकायहरूसंग आवश्यक समन्वय र सहकार्य गरि विभिन्न सीपमुलक तालिम र कार्यक्रमहरू संचालन गरिनेछ ।
 स्थानिय तह सम्वन्धि कार्यसंचालन कार्यविधि, ऐन कानुन तथा प्रक्रियाको वारेमा नगर सभाका पदाधिकारीहरूलाई अभिमुखिकरण कार्यक्रम, प्राविधिक कर्मचारीहरूलाई कम्प्यूटर तालिम, लेखा प्रणालि सम्वन्धि तालिम, सामाजिक परिचालन तालिम तथा विभिन्न गोष्ठीहरू आयोजना गरि क्षमता विकास गरिनेछ ।
 स्थानिय तहको विकासलाई व्यवस्थित गर्न देश विदेशका उत्कृष्ट नगरपालिकाहरूको भ्रमण गरि सोको विकास नीतिहरूको अनुसरण गरिनेछ ।
 विशिष्ट विज्ञ तथा विशेषज्ञहरूलाई आमन्त्रण गरि विकासका लागी नीतिगत तथा प्रक्रियागत विषयमा विचार विमर्श गरि राय परामर्शको आधारमा योजनाहरू संचालन गरिनेछ ।
 नगरपालिका भित्रका बुद्धिजिवि, समाजसेवी र विषय विशेसज्ञ सहितको सल्लाहकार समूह गठन गरि नगरको समुचित विकासका लागि राय परामर्श लिईनेछ ।
 नगरपालिकाको सेवा वितरणलाई प्रभावकारी वनाउन तथा कर्मचारीको ज्ञान, सीप र क्षमताको विकास गर्नका लागि यसै आ.व. मा वजेट विनियोजन गरिएको छ ।
 नगरपालिकाको काम काज सहज र स्फूर्त गर्नका निमित्त यसै आ.व.मा पदपूर्ति समिति गठन गरी कर्मचारीहरू नियुक्ति गर्ने प्रक्रियाको थालनि गरिनेछ ।
 वैदेशिक रोजगार बाट सिप सिकेर फर्किएका ब्यक्तिहरूको विवरण संकलन गरि सोहि अनुुसारको कार्यवातावरण निर्माण गरिनेछ ।
(ख) भाषा, साहित्य तथा कला संस्कृती
 साहित्य, संगीत र कलालाई प्रवर्दन गर्न विभिन्न रचनात्मक कार्य गर्न निश्चित बजेट विनियोजन गरिएको छ र सोही बमोजिम कार्यक्रहरू गरिनेछ ।
 स्थानिय राई भाषा (चाम्लिङ, तिलुङ, बाहिङ, साम्पाङ, वाम्वुले आदि) र अन्य आदिवासी जनजातिहरुका भाषाहरूलाई सरकारी काम काजको भाषाको रूपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
 लोपउन्मुख तिलुङ भाषलाई संरक्षण गर्नको लागि आवश्यक पहल गरिनेछ ।
 विभिन्न जात जातिका सांस्कृतिक पर्व, झांकी नाचहरूको संरक्षण तथा सम्वद्धन गर्न अभिलेखिकरण गरिनेछ ।
 किरातीहरूको भाषा, संस्कार, संस्कृतीको लागि अध्ययन अनुसन्धान गरि संस्कृतिक नगरपालिकाको रूपमा परिचित गराईनेछ ।
 किरातीहरुको भाषा, संस्कार संस्कृतिको संरक्षण एवं सम्बर्धनको लागि किरात राई यायोख्खा र आदिवासी जनजाति महासंघ संग समन्वय गरिनेछ ।
 स्थानिय साहित्यकर्मी, नाट्यकर्मी, कलाकर्मीहरुको पहिचान गरि साहित्य एवं कलाको बिभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ साथै कला केन्द्रहरुको लागि सहयोग गरिनेछ ।
 किरात राई यायोख्खा र नेपाल आदिवासी महासंघको समन्वयमा तुवाचुङमा बृहत किराती सम्मेलन गरिनेछ ।
(ग) सुशासन र संस्थागत विकास
 हलेसी तुवाचुङ नगरपालिका कार्यालयबाट जनतालाई उपलव्ध गराइने सेवा सुविधाको विस्तृत विवरण समावेश भएको नागरिक बडापत्र क्षतिपुर्ती सहितको तयार गरी उक्त नागरिक बडापत्रमा उल्लेख भए अनुसारका सेवा समयमा नै उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध रहने छ ।
 तीनलाख भन्दा माथिको सबै योजना नगरस्तरीय अनुगमनमा समितिको निरिक्षणमा मात्र योजना फारफाक गरिनेछ ।
 नगरपालिकाबाट संचालित गतिविधिको सन्दर्भमा चौमासिक सार्वजनिक सुनुवाई तथा बुलेटिन प्रकाशन गरिनेछ ।
 नगरपालिका मार्फत् सञ्चालन भएका विकास निर्माण लगायत सबै कार्यक्रमको नियमित अनुगमन, प्रगति समिक्षा, समन्वय बैठक, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण आदि मार्फत सुशासनमा जोड गरिनेछ ।
 कर्मचारी अनुशासन र नियमिततालाई ध्यानमा राखेर कर्मचारी लगबुकको व्यवस्था कडाईका साथ संंचालनमा ल्याईनेछ ।
 सेवा प्रवाहमा हुन सक्ने मानवीय त्रुटिबाट सिर्जित गुनासोहरूलाई व्यवस्थापन गर्न गुनासो सुन्ने अधिकारी र कार्यालयको गतिविधि तथा सूचनाहरू सहज रूपमा उपलब्ध गराउन सूचना अधिकारीको व्यवस्थालाई सद्धृत बनाइनेछ ।
 कार्यालयको आन्तरिक समस्या समाधान तथा संस्थागत सुदृढीकरणको लागि नियमित नगर कार्य पालिकाको बैठक, मासिक कर्मचारी बैठक तथा नियमित वडा बैठक बसिदै आइएको छ र निरन्तरता दिइनेछ ।
 संगठनलाई प्रविधिमैत्री बनाउन इ–हाजिरि, डिजिटल सूचना पाटी, सीसी क्यामेरा, फ्रि वाईफाई, मोबाइल मल्टी चार्जर लगायतका सेवाहरूको व्यवस्था प्रभावकारी बनाइनेछ ।
 बस्ती तथा टोलमा टोल विकास संस्था गठन गरी टोल स्तरीय विवाद निरूपण तथा सामाजिक कार्य संचालन गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
 हलेसी तुवाचुङ नगरपालिकाले वेभसाइट तथा सामाजिक सजांल संचालन गरी कार्यालयको सूचना तथा निर्णय र कार्यक्रमहरू सार्वजनिक गरिरहेको छ र निरन्तरता दिइनेछ ।
 विकास निर्माण र मर्मत कार्यको अनुगमन र मूल्याकंन कार्यलाई थप प्रभावकारी बनाउन नतिजामा आधारित अनुगमन प्रणाली अपनाइनेछ ।
 नगरपालिका भित्र रहेका विभिन्न ब्यवसायिक फर्महरूको अनुगमन गरी गैर कानुनीरूपमा संचालनमा रहेका फर्महरूलाई कानुनी दायरामा ल्याई संचालन अनुमति तथा कार्वाहि प्रक्रिया अगाडी वढाईनेछ ।
 नगरपालिका भित्र रहेका होटलहरुलाई वर्गीकरण गरिने छ भने खाद्य सामाग्रीहरूको अनुगमन गरि समय सापेक्ष मूल्यसुचिमा एकरूपता एवं गुणस्तरियता कायम गरिनेछ ।
 नगरपालिकामा विकासका नाममा हुने भष्ट्रचार न्यूनिकरण गर्दै शून्यमा झारिनेछ ।
 सामान्य प्रकृतिका विवाद समाधान गर्न न्यायिक समितिमार्पmत मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरू अवलम्बन गरी न्यायिक निरूपणको कार्यलाई सुद्धृढ तुल्याइनेछ ।
 विकास कार्यलाई गुणस्तरीय ढगंले समयमै सम्पन्न गर्न, पूजीगत खर्च वृद्धि गर्न, अनुगमन मूल्याकंन प्रभावकारी बनाउन, बजेट फ्रिज जाने समस्यालाई निराकरण गर्न चालू आ.व.मा नै योजना सम्झौता भन्ने मूल नारासहित योजना सम्झौता अभियान संचालन गरिनेछ ।
 सुरु मुल्याङकन, कार्य अवधि मुल्याङकन र कार्य पश्चातको मुल्याङकन प्रणालीलाई कडाईकासाथ लागु गर्ने नीति लिइनेछ ।
 डोजरे विकासलाई निरुत्साइत गरी जनश्रममा आधारित विकास कार्यलाई प्रोत्साहन गरिनेछ ।
(घ) सूचना तथा सञ्चार
 ीभकक एबउभच न्यखभचलबलअभ लाई उच्च प्राथमिकतामा राखी नगरपालिकाका अधिकांश कामकाज कम्प्युटर तथा इन्टरनेटद्वारा गर्ने र सबै वडामा चालु आर्थिक वर्षमै इन्टरनेट व्यवस्था गरिनेछ ।
 सूचना तथा सञ्चारको प्रवद्र्धन र विकास भएमात्र वास्तविक विकासको अनुभूति गर्न सकिन्छ । तसर्थ, यस नगरपालिकामा सूचना तथा सञ्चारको प्रवद्र्धन र विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
 ‘पत्रकारिता र विकास’ भन्ने विकासको सिद्धान्त अवलम्बन गर्दै नगरपालिकाका प्रेस सल्लाहकार र लामो समयदेखि पत्रकारिता गर्दै आएका नगरपालिकाकै पत्रकारसँग समन्वयन गरी ‘बेसिक’ र ‘एड्भान्स’ पत्रकारिता तालिम गराइनेछ । नगरले सालिन्दा तीनपटकसम्म पत्रकारिता तालिम गराउनेछ ।
 नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थललगायत विविध पाटाका फोटो समेटेर ‘तस्बिरमा हलेसी–तुवाचुङ नगरपालिका’ नामक किताब प्रकाशन गरिनेछ ।
 नगरपालिकालाई सूचना र प्रविधिमैत्री बनाउँदै नगरपालिकाको बुलेटिन तथा मुखपत्र नियमित रूपमा प्रकाशन थालिनेछ । निजी संघ–संस्था तथा व्यक्ति (नगरवासी) लाई पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
 स्थानीय (हलेसी–तुवाचुङ नगरपालिका) स्तरमा सञ्चालित सञ्चार (पत्रपत्रिका, अनलाइन, एफएम रेडियो, टेलिभिजन) माध्यमलाई निरन्तर प्रकाशन÷प्रसारणका लागि नगरपालिकाले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनेछ ।
 नगरवासीलाई केन्द्रबिन्दु बनाई छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सूचना तथा सञ्चार प्रविधि प्रयोगमार्फत सर्वसुलभ रूपमा सेवासुविधा उपलब्ध गराइनेछ ।
 स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा स्थानीय तहका कार्मचारीका लागि कम्प्युटर, इमेल, इन्टरनेट तथा मोबाइल एपसम्बन्धी तालिम दिई ज्ञान, सीप अभिवृद्धि गरिनेछ ।
 वडासचिव तथा वडा सहायकलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी तालिम व्यवस्था गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रकृयाबाट गरिनेछ ।
 सम्पत्तिकर तथा लेखाको कामकाज छिटो छरितो र प्रभावकारी बनाउन सफ्टवेयर प्रयोग गरिनेछ ।
 त्रिधार्मिक हलेसी क्षेत्रको पर्यटन पर्वद्धन तथा विकासका लागि वेबसाइट निर्माण गरी तुरुन्तै सञ्चालनमा ल्याइनेछ । हलेसीसम्बन्धी पुस्तक प्रकाशन गर्नुका साथै सूचना केन्द्रलाई प्रभावकारी बनाइनेछ ।
 यस नगरपालिकाका सम्पूर्ण कार्यालय तथा विद्यालय इ–हाजिरीयुक्त साथै सि.सि.क्यामेरायुक्त बनाइनेछ ।
(ङ) राजश्व तथा वित्तय व्यवस्था नीति ‘म तिर्छु कर, समृद्ध बनाउछु नगर’
 समग्र नगरवासीलाई प्रभावकारी सेवा पु¥याउन तथा नगरक्षेत्रमा उपलब्ध हुनसक्ने सम्पूर्ण स्रोतहरूलाई परिचालन गर्नका लागि राजश्व परामर्श समितिको कार्य क्षेत्र विस्तार गरिएको छ ।
 नगरको राजश्व व्यबस्थालाई अझ सुदृढ र संस्थागत बनाउन राजश्व सम्भाव्यता अध्ययन गरी प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याईने छ ।
 नगर भित्र भित्रने र बाहिरिने बिभिन्न सामाग्रीहरूको निकासि, पैठारी करको लागि जिल्ला समन्वय गरी नगरपालिकाको आर्थिक स्रोत बृद्धि गरिनेछ ।
 राजश्व सङ्कलनमा वृद्धि गर्नका लागि स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए बमोजिम यसै वर्षदेखि सम्पति कर लागू गर्न कार्यक्रमहरू संचालन गरिनेछ ।
 सवारी साधन कर, सवारी पार्किङ कर, मनोरन्जन कर, विज्ञापन कर, फोहोरमैला कर, एकीकृत सम्पत्ति कर, पर्यटन शुल्क यसै आ.व. देखि लागू गरि प्रभावकारी बनाइनेछ ।
 व्यवसायिक कर बढाउन व्यवसाय दर्ता अभियान कार्यक्रम संचालन गरिनेछ ।
 आन्तरिक आय अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण भूमीका खेल्ने करदाताहरू मध्येबाट छनौट गरि पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ भने कर नतिर्नेलाई कानुनको दायरामा ल्याइनेछ ।
 आन्तरिक आम्दानी वृद्धिको लागि उद्योग वाणिज्य संघसँगको साझेदारीमा कार्यत्रलम सञ्चालन गर्नका लागि सम्झौता गरिने छ ।
 व्यावसायीहरुलाई करदाता शिक्षा कार्यक्रमको सञ्चालन गरिनेछ ।
(च) युवा तथा खेलकुद – ‘नगरको लागि खेलकुद, विकासको लागि खेलकुद’
 खेलकुद मार्फत स्वास्थ्य, अनुशासन र विकासको नारालाई अंगीकार गर्दै खेलकुदलाई व्यवसायिकता तर्फ उन्मुख गराउन तथा युवाहरूलाई प्रोत्सहान गर्न युवा तथा खेलकुदको लागि वजेट विनियोजन गरिने छ ।
 खेलकुदलाई जोड दिनको लागि कम्तिमा एक वडा एक खेल मैदानको निर्माणलाई निरन्तरता दिइ फुटबल, भलिबल, क्रिकेट, व्याटमिन्टन तथा कवडहलको निर्माण गरी कराँते, तेक्वान्दे, बक्सिङ जस्ता खेलको प्रवद्र्धन गर्र्नेे नीति अगाडि बढाईनेछ ।
 युवाहरूलाई केन्द्रित गरेर नगरपालिका आपैmले खेलकुद प्रतियोगिता संचालन गर्ने नीति लिइएको छ ।
 स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकूद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकूदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्र्ने माध्यमको रूपमा विकास गरिनेछ ।
 खेलकूद विकासका लागि खेलकूदमा आबद्ध संस्थाहरूलाई क्रियाशील गरी खेलकूदलाई पर्यटनसंग आबद्ध गरी पर्यटन विकासमा जोड दिईनेछ ।
 खेल संस्कृतिको विकास गर्न विधालय स्तरबाटै विभिन्न खेलकुद कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
 नगरपालिकामा युवा उद्यमशिलालाई प्रवद्धन गर्न व्यावसायिक उद्यमीहरुको अनुदान कार्यविधि पास गरिएकोले सोही अनुसार अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
 युवाहरूलाई कुलत, दुव्यर्सनबाट बचाउन तथा सधैं उर्जाशील र सक्रिय बनाइ राख्न सुर्तीजन्य पदार्थ नियन्त्रण, कुलत तथा दुव्र्यसन विरोधी अभियान, मनोसामाजिक विमर्श, युवा विकाससंग सम्बन्धित खेलकूद, साहित्य, संगीत, कला जस्ता विविध क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
 उद्यमीहरुलाई व्यवसायिक तालिम दिइनेछ।

साथै आ।व।२०७६/७७ को संघ तथा प्रदेशबाट प्राप्त बजेट यस प्रकार रहेको छ।
क्र. सं. विवरण बजेट

संघीय सरकार वित्तिय समानीकरण १०,७५,००,०००।
संघीय सरकार राजश्व बाडफाड ९,६९,००,०००।
जम्मा २०,४४,००,०००।
संघीय सरकार सशर्त अनुदान २४,९५,००,०००।
कुल संघ बजेट ४५,३९,००,०००।

प्रदेश सरकार वित्तिय समानीकरण ७९,९१,०००।
प्रदेश सरकार राजश्व बाँडफाँड ९७,१३,०००।
जम्मा १,६९,०७,०००।
प्रदेश सरकार सशर्त अनुदान ०।
कुल प्रदेश बजेट १,६९,०७,०००।
घ आन्तरिक बजेट प्रक्षेपण ६०,००,०००।
द्ध आन्तरिक राजश्व बाँडफाँड १५,००,०००।
जम्मा ४७,८३,०७,०००।

उपस्थित महानुभावहरू, नगरवासी दिदी वहिनी तथा दाजुभाइहरू,
प्रस्तुत निति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि मञ्चमा आसिन हुुनु भएका उपस्थित सम्पूर्ण महानुभावहरूको महत्वपूर्ण सल्लाह र सुझावको खाँचो सदैव रहनेछ । साथै यस नगरपालिकाको वहुआयमिक विकास गरी सवल, सक्षम, आत्मनिर्भर र समृद्ध वनाउनको लागि समुहिक प्रयास हुनु जरूरी छ । यसको पुर्ण कार्यान्वयनको लागि राजनैतिक दलहरू, नागरिक समाज, संचारकर्मीहरू, सेवाग्राही नागरिकहरू लगायत सम्वद्ध सवै पक्षवाट पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने कुरामा म विश्रवस्त रहेको छु ।
आफ्नो व्यस्त समयका वावजुद नगरपालिकाको भावी रूपरेखा निर्धारण गर्ने नगर परिषद्को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा पाल्नु भै यस समारोहको गरिमा वढाई दिनु भएकोमा सभाध्यक्षज्यु मार्फत सम्पुर्ण सदस्यज्युहरुमा हार्दिक आभार व्यक्त गर्दै कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।
प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा तथा पारित सम्पूर्ण प्रक्रियाहरूमा सहभागी भई योगदान पु-याउनु हुने यस नगरपालिकाका सवै राजनैतिक दलहरूका प्रमुख एवं प्रतिनिधिज्यूहरू, कार्यालय प्रमुखहरू, संघ/संस्थाका प्रमुखहरू, नगरपालिकाका कर्मचारीहरू तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारी नगर सभाका सदस्य साथीहरूलाई धन्यवाद दिन चाहान्छु ।
अन्त्यमा
त्रिधार्मिक तपोस्भुमि हलेसी
भन्ने दिर्घकानीन सोचलाई मूर्त रूप दिन यो नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन अनिवार्य छ जसको लागि सदा झै सवै पक्ष र निकायहरूवाट सहयोग, सल्लाह र सहकार्य पाउने र हुने आशा र अपेक्षा गर्दै विदा हुन चाहान्छु ।
धन्यवाद ।
विमला राई
उपप्रमुख
२०७६-०३- १०

प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology