सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आर्थिक वर्ष ०७६/७७को नीति तथा कार्यक्रम एंवम विनियोजित वजेट (पूर्णपाठ)

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६


दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आर्थिक वर्ष ०७६/७७को नीति तथा कार्यक्रम एंवम विनियोजित वजेट (पूर्णपाठ)

आर्थिक वर्ष ०७६/ ७७को नीति तथा कार्यक्रम
एंवम विनियोजित वजेट

दिप्रुङ चुइचुम्मा गाउँपालिका
खोटाङ
१ नं. प्रदेश, नेपाल

गाउँसभा बैठकमा मिति २०७६ साल असार १० गते गाउँपालिकाका उपाध्यक्ष सपना राई ज्यू द्वारा प्रस्तुत :

सभाध्यक्ष महोदय,
गाउँसभाका सदस्यहरु, सभाका सचिव लगायत कर्मचारी मित्रहरु,
उपस्थित सम्पूर्ण महानुभावहरु ।

नेपालको संविधानले सुनिश्चित गरेका प्रावधानहरुलाई व्यवहारत ः रुपान्तरण गर्ने क्रममा सघींय शासन व्यवस्थाको मर्म अनुरुपको राजनीतिक, आर्थिक, सामाजिक तथा वित्तीय स्वायत्तता सहितको स्थानीय तहको शासन सञ्चालन गर्न गाउँ कार्यपालिका तथा गाउँ सभाको गठन भएको हो । सार्वभौमसत्ता सम्पन्न यस गाउँपालिकाका जनताहरुबाट राज्य शक्तिको प्रयोग गर्ने वैधानिकता प्राप्त भएको यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु । संघीयताको कार्यान्वयन यो हाम्रो लागि अवसर र चुनौति दुवै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई तल्लो निकायलाई अधिकार सम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ । हामीलाई यो अवस्था सम्म ल्याउने प्रमुख वैधानिक आधार नेपालको संविधान निर्माण तथा कार्यान्वयनमा प्रत्यक्ष एवं परोक्ष ढंगले भूमिका खेल्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने आफ्नो सपनालाई विपनामा साकार बनाउने दौडानमा हाम्रो देशमा भएको जनक्रान्तीहरु, २००७ देखी २०६२÷६३ को आन्दोलनहरुमा शहादत प्राप्त गर्नुहुने सम्पुर्ण शहीदहरु प्रति आजको दिन म भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
अध्यक्ष महोदय,
उपस्थित सम्पुर्ण महानुभावहरु,
राज्यको राजनैतिक व्यवस्था अनुसार राज्य तीन तहको सरकार संचालनको अवधारणा वाट अगाडी वढडै गएको छ स्थानीय सरकार आफ्नो स्थानीय स्तरको विकासको लागि अगाडि वढीरहेको छ भने प्रदेश सरकार आफ्नो प्रदेशको विकास र संघीय सरकार समग्र राज्यको विकास अगाडि वढाउदै जाने क्रममा अगाढी वढिरहेको छ । हाम्रो गाउँपालिकाले गरेको एउटा सकारात्मक विकासले समग्र राज्यको सकारात्मक विकासमा टेवा पुग्नेछ भन्ने विस्वासका साथ यो नीति तथा कार्यक्रमलाई अगाढी वढाइएको छ ।
मुलुकले हासिल गरेको युगान्तकारी राजनीतिक उपलब्धिकोे जगमा यो गाउँपालिकामा “हामी दिप्रुङ चुइचुम्माली,ल्याउछौ समृद्धि अनि खुसियाली” भन्ने नारा सहितको पालिकाले उच्च समृद्धि हासिल गर्ने आकांक्षा सहित दृढताका साथ अघि बढी रहेका छौ । यस क्रममा सामाजिक न्याय सहितको तिव्र विकास, सुशासन सहितको जनउत्तरदायि पालिका र सभ्य सुसंस्कृत एंव कर्तव्यनिष्ठ समाज निर्माण गर्दै पूर्ण लोकतान्त्रिक समृद्ध अर्थतन्त्र निर्माणका लागि पालिका प्रतिवद्ध रहेको छ ।
चालु आर्थिक वर्ष सम्मको पालिकाको नीति तथा कार्यक्रम र वजेट कार्यन्वयनवाट पालिकास्तरमा सुशासन, विकास र समृद्धिको दरिलो आधारशीला निर्माण भई पालिकाका नागरिकहरुमा आफ्नो जीवनस्तरमा सुधार हुने विषयमा विश्वस्त हुने आधारको विजारोपण भएको छ ।
संघीय नेपाल राज्यका स्थानीय सरकार मध्येको एक यस दिपु्रङ चुइचुम्मा गाउँपालिका समग्र नेपाल राज्यको एक भाग भएको हुँदा यसका प्रत्येक कृयाकलापले राज्यका सबै पक्षमा प्रत्यक्ष वा परोक्षरुपमा असर देखिने हुँदा हामी हाम्रो नीति तथा कार्यक्रम वनाई रहदाँ राष्ट्रिय र प्रादेशिक नीतिलाई पनि आत्मासाथ गर्नु पर्ने भएकोले नेपालको संविधान, संघीय सरकारको पन्ध्रौ योजना, केन्द्रिय र प्रादेशिक सरकारवाट निर्माण गरेको वार्षिक नीति तथा कार्यक्रम नेपाल सरकार र प्रदेश सरकारवाट प्राप्त मार्ग दर्शन वजेटलाई टेवा पु¥याउदै हाम्रो निर्माण हुदै गरेको आवधिक योजनाले औल्याएका उद्देश्य तथा नीति र प्राथमिकता क्रमलाई आत्मा साथ गरिएको छ ।

अव म यस दिप्रुड चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

दिप्रुङ चुइचुम्मा गाउ‘पालिकाको नीति तथा कार्यक्रम
२०७६/७७ खोटाङ
कृषि तथा पशु विकास ड्ड निर्वाहमुखी कृषिलाई दिगो एवं व्यवसायीक प्रणालीमा रुपान्तरण गर्ने नीति लिइनेछ ।
– कृषिमा आधारित उद्योगहरुको विकासका लागि यूवा लक्षित कार्यक्रम सञ्चालन गरि उद्यमीहरुलाई आकर्षित गर्ने नीति लिइने छ ।
– खेतीयोग्य जमीनलाई वाँझो नराख्न कृषि भूमिको दिगो भूउपयोगको उपयूक्त योजना तयार गरी करार सम्झौता मार्फत जग्गाको आवधिक उपभोग हस्तान्तरण गर्ने नीति लिइनेछ ।
-वाली उत्पादनको सम्भाव्यताका आधारमा गाउ‘पालिका भित्रको कृषि भूमिलाई पकेट क्षेत्र घोषणा गरी कृषि उत्पादन संकलन,भण्डारण र खरिद बिक्रीको व्यवस्था गाउ‘पालिकाको तर्फबाट गरिनेछ ।
-कृषि उत्पादनको लागत घटाउन कृषि मैत्री औजार, उन्नत प्रविधिको लागि अनुदानको व्यवस्था गर्न एक कृषि उद्यम कोषको स्थापना गरिने छ ।
– कृषि क्षेत्रमा कार्यरत निजी, सहकारी, सरकारी तथा गैर सरकारी संस्थाहरु विच समन्वय र सहकार्य गर्दैै साझेदारीमा काम गर्ने एक साझेदारी समपुरक कोषको स्थापना गरिने छ ।
– कृषि पेशालाई मर्यादित बनाउन कृषि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ, यस मार्फत कृषकहरुलाई पुरस्कृत गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि मेलामा सहभागिता, अवलोकन भ्रमण तथा कृषकका उत्पादनको व्राण्डिङ गर्ने नीति लिइने छ ।
-जलवायू परिवर्तनलाई कृषिमा अनुकुलन गर्दैै कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन तथा उपयोगमा वृद्धि गरिने छ ।
-कृषि उद्यममा आधारित समूह, सहकारी, निजी व्यवसायीहरुलाई व्यवसायीक योजनाहरुको प्रतिश्पर्धा गराई अनुदान दिने नीति लिइने छ ।
-वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमा रहेका यूवाहरुको पहिचान गरि यूवाहरुलाई व्यवसायीक कृषि तथा पशुपालन सम्वन्धी उद्यमशीलता तथा सिपमूलक तालिम सञ्चालन गर्ने नीति लाई निरन्तरता दिइने छ ।
-आगामी १ वर्ष भित्र नगदे मौसमी खेती गर्नका लागी यस गाउ‘पालिका भित्रको सवै वडाभित्र माटो परिक्षण गरी व्यवसायीक खेतिको लागी आवश्यक विउ, मल, खाद्य तथा प्रविधिको व्यवस्था गरिने छ ।
– कृषकहरुको घरदैलोमा आधुनिक कृषि प्रविधि पु¥याउन हरेक वडामा कृषि प्राविधिकको व्यवस्थापन गरि अगुवा कृषकहरुको लागि २ वटा कृषक पाठशाला सञ्चालन गरिने छ ।
– व्यवसायीक पशुपालन, दुग्धजन्य र मासुजन्य उत्पादनलाई आगामी १० वर्ष भित्र बाह्य व्यापारको मुख्य वस्तुको रुपमा स्थापित गरिने छ ।
– बाख्रापालन, कुखुरा पालन लगायत अन्य पशुपालन व्यवसायको आधुनिकीकरण र व्यवसायीकरण गरिने छ ।
-स्थानीय विऊविजन जोगाउन विऊविजन बैंक स्थापना गरिनेछ ।
– कृषकहरुबाट उत्पादित फलफूल तरकारी तथा खाद्य वस्तुहरु लाई कुहेर सडेर जान नदिनका लागि कोल्ड स्टोरको स्थापना गरी व्यवस्थापन गरिने छ ।

जलविद्युत तथा उर्जा
– यस गाँउपालिका क्षेत्रभित्र रहेका नदीनाला र ताल तलैयाहरुको उपयोग मार्फत सम्भावित जलविद्युत शक्तिको लेखाजोखा गर्न एकिकृत जल उपयोग तथा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी दिप्रुङ चुईचुम्माले आफैले पहलमा जलविधुत आयोजना निर्माण नीति लिइने छ ।
-यहि वर्ष भित्र गाउँपालिकाको सम्पूर्ण वस्तिमा विजुली वत्ती वाली अध्यारोमुक्त गाउँपालिका घोषणा गरिने छ ।

स्वास्थ्य
– गाउँपालिका स्तरको अस्पताल स्थापनाका लागि उपयूक्त स्थानको खोजी गरि उपयुक्त स्थानमा अस्पताल निमार्णको थालनी गरिने छ ।

– गाउँपालिका स्वास्थ्य सेवा ऐनलाई प्रभावकारी रुपमा लागु गरिने छ ।
– ७० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई घरमै स्वास्थ्य जाँच गर्न घर घरमा स्वास्थ्यकर्मी अभियान सञ्चालन गर्न अझ प्रभावकारी वनाईने छ ।
– निशुल्क स्वास्थ्य सेवा पु¥याउदै आउनु भएका स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक प्रोत्साहन भत्ताको रुपमा रु ५०० प्रदान गरिएकोमा आगामी वर्ष देखि त्यसमा २०० वढाई ७०० वनाइने छ ।
– “स्वस्थ वालक समृद्धिको आधार” भन्ने नाराका साथ हरेक घरका गृहिणीहरुलाई बालबालिका हेरचाह र स्वस्थ आहार सम्बन्धी आधारभूत तालिम दिने नीति अवलम्बन गर्ने नीति लिइनेछ ।
– प्रत्येक स्वास्थ्य चौकीमा एम्बुलेन्सको ब्यवस्था गर्दै जाने नीति लिइएको छ ।
– वर्षमा १ पटक गाँउपालिकाले विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य शिविर सञ्चालन गर्न कार्यलाई निरन्तरता दिइने नीति लिइने छ ।
– स्थानीय जडिबुटी र आदिवासीको ज्ञान र सिपलार्ई प्रबद्र्धन गरेर परम्परागत स्वास्थ्य सुविधा विस्तार गरिने नीति लिइनेछ ।
– प्रत्येक शिशुहरुलाई भविष्यमा स्वस्थ जिबन बाच्न सकुन भन्ने उद्धेस्यले शिसु जन्मेको २ वर्ष सम्म शिसु पोषण प्रर्बद्धन कार्यक्रम लाई निरन्तरता दिईनेछ । यो योजना एक आमाको दुइवटा गर्भवाट जन्मिएको वच्चाको लागि लागु गरिनेछ ।
-गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्नको लागि २४ घण्टे प्रसुती सेवा सञ्चालनमा रहेका स्वास्थ्य चौकीको ब्यवस्थापन क्षमता अभिवृद्धि गरिने नीति लिइने छ ।
शिक्षा ड्ड गाउँपालिका भित्रका सबै विद्यालयहरुमा आफ्नो गाउँपालिकाको विशिष्ठ विशेषताको जानकारी गराउने उद्देश्यलाई परिपुर्ति गर्न प्रत्येक कक्षामा स्तर अनुसारको स्थानीय पाठ्यक्रम अनुसारको पाठ्य पुस्तक अध्यापन गराउदै जाने नीति अवलम्बन गरिनेछ जस अन्र्तगत गाउँपालिकामा वोटानिकल पाठ्यक्रम निर्माण गरी ऐछिक विषयको रुपमा अध्यापन गराउने नीति लिइने छ ।
– विद्यालयमा प्राथामिक तहसम्म अंग्रेजी माध्यममा पठनपाठन गराउने नीति लिइने छ ।
– बाल विकास केन्द्रहरुलाई बालमैत्री भौतिक पूर्बाधार व्यवस्थापन गरिनेछ ।
– हरेक माध्यामिक विद्यालयमा १÷१ वटा सूचना प्रविधि तथा श्रव्यदृष्य कक्षाहरुको स्थापना गरिने नीति लिइने छ ।
– विद्यालयहरुमा स्कुल नर्स कार्यक्रम यसै वर्ष देखि लागू गरिने छ
-उत्कृष्ट शिक्षक ,विद्यार्थी, वि.व्य.स. अध्यक्ष, प्र.अ. पुरस्कृत गर्ने नीति लाई निरन्तरता दिईनेछ ।
– गाँउपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने केन्द्रिय सरकारको नीतिलाई आवश्यक सहयोग गर्ने नीति लिइने छ ।
– अगामी ३ वर्ष भित्र यस गाउ‘पालिकामा स्नातक तह सम्मको क्याम्पस स्थापना गरी विभिन्न विषयमा पठन पाठन गराउने नीति लिइने छ ।
– विषयगत शिक्षकको व्यवस्थापन गर्न अनुदानको व्यवस्था गरिने छ ।
– गाउँपालिका भित्रका विद्यालय हरुको दरवन्दी मिलान गर्ने कार्यलई निरन्तरता दिइने छ ।
-दलित छात्र–छात्राहरुलाई निःशुल्क स्कुल ड्रेसको व्यवस्था गरिने छ ।
भौतिक पुर्वाधार ड्ड आगामी ३ वर्ष भित्र गाउ‘ पालिका भित्र चक्रपथ निर्माण गर्दै सबै मुल सडकमा जनतालाई बाहै महिना यातायातका माध्यमबाट सहजरुपमा आवत जावतको व्यबस्था गरीने छ ।
– तावा – टुवा खोला (¥यापले खनेको), रेग्मटिार – पञ्चमी ,गाउँपालिका केन्द्रबाट वडा केन्द्र , जिल्ला सदरमुकाम र तराई सम्म जोड्ने सडक सञ्जाल जोडि सकेको हुँदा उक्त सडकहरुलाई बाह्रै महिना चल्ने
गरि स्तर उन्नती गर्ने नीति लाई तिव्रता दिइने छ ।
– खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउन कुलोहरुको निर्माण र हिउँदे पोखरीहरुको निर्माण गर्ने नीति लिइने छ ।
-एकिकृत वस्ति विकासको लागि सबै नागरिकहरुमा जनचेतना वढाई कार्यक्रमलाई अगाढी वढाउने नीति

लिइने छ ।
-यहि वर्ष भित्र गाउँपालिका क्षेत्र भित्र पिउने पानीको उचित व्यवस्थापन गरि सकिने छ।

वन तथा वातावरण संरक्षण
-गाउँपालिका क्षेत्र भित्रका सवैखाले वन क्षेत्र (संरक्षण क्षेत्र, सामुदायीक वन, कबुलियती वन, निजी वन, धार्मिक वन) को व्यवस्थापन सुधारमा नीति नियमहरु तर्जुमा गर्ने र व्यवस्थापन योजना परिमार्जन गरि कार्यान्वयन गर्न प्राथमिकता दिइने छ ।
– जलवायू परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकुलन, जलउत्पन्न प्रकोप तथा विपद जोखिम न्यूनीकरण र एकिकृत जलाधार क्षेत्रको व्यवस्थापन योजना तर्जुमा गरि प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
-गाउँपालिका भित्र रहेका वन पैदावारको सहज आपूर्ति प्रवाह मार्फत निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण, जडिबुटी खेती बिस्तार गरि रोजगारी र जिविकोपार्जनमा सुधार ल्याइने छ ।
– वन व्यवस्थापन कार्यलाई उद्योगको रुपमा विकास गर्न वन तथा वन पैदावारमा आधारित हरित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरि एक सामुदायीक वनमा एक हरित उद्यमी समूह गठन अभियान चलाइने छ ।
-पर्यापर्यटनको प्रवद्र्धन गर्न यस गाऊँपालिका र अन्य स्थानीय तहहरु विच समन्वय र सहकार्यमा वन उद्यान, वनस्पति उद्यान र प्राणी उद्यान स्थापनाका सम्भाव्यता अध्ययन सहित गुरुयोजना निर्माण गरिने छ ।
– वनलाई उत्पादन संग जोडीने छ उपयोग विहिन वोटविरुवालाई हटाउदै जिवन उपयोगी वोटविरुवा लगाउने नीति लागू गरिने छ ।
-हरेक वडालाई धुवाँमूक्त बनाउन धुवाँरहित चुल्हो र सुधारिएको चुल्हो प्रयोगमा प्रोत्साहन गरिनेछ ।
– सडक किनारामा भूक्षय प्रतिरोधी विरुवाहरु रोपी त्यसको संरक्षण र उपयोग गर्न सम्बन्धित समुदायलाई परिचालन गरिनेछ ।
– पहिरो तथा भुक्षयग्रस्त क्षेत्रहरुमा वाँसका विरुवा रोपण गरिने, त्यसको संरक्षण र उपयोग कार्यमा गरिव तथा भूमिहीन किसानहरुलाई जिम्मा दिइनेछ ।
उद्योग ड्ड गाउपालिका भित्र एउटा फलफूल प्रशोधन उद्योग स्थापना गरिनेछ ।
– साना तथा मझौला उद्योगहरुको स्थापना गरी रोजगारीको सृजना गरिने छ ।
संस्कृति तथा पर्यटन ड्ड संस्कृति तथा पर्यटन विकासको लागी गाँउपालकिाले आवश्यकता अनुसार पर्यटन महोत्सव, होटेल व्यवस्थापन, होमेस्टे« स्थापना नयाँ पर्यटन स्थलको पहिचान गरि यस्ता पर्यटकिय विकासका लागि कार्य गर्ने नीजि क्षेत्र एन.जि.ओ , आई.एन.जि.ओ., प्रदेश सरकार र संघीय सरकार संग सहकार्य गरि कार्यक्रमलाई अगाढी दढाउने नीति लिइने छ ।
-साहसिक तथा प्राकृतिक रमणीय क्षेत्रहरु भुर्चुङमाडाँडा र धिप्लुङ झरना (छागा)मा आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउन त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा प्रचार प्रसार कार्यलाई प्राथामिकता दिइने छ ।
– सेशथुम्का डाँडालाई वोटानिकाल पार्कको रुपमा स्थापित गरिने छ ।
यूवा खेलकुद ड्ड गाँउपालिका स्तरीय वार्षिक खेलकुद तथा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितालाई निरन्तरता दिइने छ ।
– व्यवसाइक खेलाडी उत्पादन गर्न टे«निङको व्यवस्था गर्ने नीति लिइने छ ।
सुशासन
-योजना अनुगमन कार्यलाई चुस्त दुरुस्त छिटो छरितो र पारदर्शि वनाई योजनाको अनुगमन कार्यलाई नीरन्तरता दिने नीति वनाईने छ ।
-गाँउपालिकाले संचालन गरेको पुँजीगत तथा चालु वजेटलाई अझ वढि पारदर्शि, मितव्ययी ,उक्तरदायी र नियमित वनाई लेखा व्यवस्थापनलाई व्यस्थित गर्दै आगामी वर्षहरुमा सबै प्रकारका बेरुजु रहित गाउपालिकाको रुपमा स्थापित गर्ने नीति लिइने छ । यसका लागि गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई उचित मात्रामा प्रोत्साहन भत्ताको व्यवस्था गर्दै लगिने नीति लिइने छ ।
-भ्रष्टाचारमा सुन्य सहन सिलताको नीति लागु गरीने छ ।
-गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय गैरसरकारी संस्था तथा अन्तरािष्ट्रय गैरसरकारी संस्थाहरुलाई आमन्त्रण गरी साझेदारीको लागि अपिल गरिनेछ ।
– ल्न्इरक्ष्ल्न्इ बाट संचालन गर्ने कार्यक्रमलाई गाउँसभामा अनिवार्य रुपमा पेश गरी गाँउपालिकाको वार्षिक

कार्यक्रम र वजेटको रुपमा मुलप्रवाहीकरण गरिनेछ ।
– निमार्ण उपभोत्ता समिति हरुलाई अभिमुखीकरण तालिम दिने व्यवस्थालाई निरन्तरता दिइने छ ।

संस्थागत विकास
– एकिकृत तथ्यांक ब्यवस्थापन प्रणाली सुरुवात गर्नेः पारिवारिक विवरण ९ँबmष्थि ँयमिभच० स्थापना गर्ने, सफ्टवेयर मार्फत सवै वडाहरुमा एउटै नेटवर्कबाट तथ्यांक अद्यावधिक हुने व्यवस्था शुरु गरिनेछ ।
– उच्च प्रविधिको प्रयोग गर्नुपर्ने र ठूला लागत बाहेकका आयोजनाहरुको कार्यान्वयन उपभोक्ता समिति, सहकारी र सामुदायिक संस्थाहरु मार्फत कार्यान्वयन गरिनेछ ।
– ठूला पूर्वाधारका आयोजनाहरुमा आम उपभोक्ताहरुको गुणस्तर कायम गर्न र समयमा कार्य सक्न सर्वदलीय अनुगमन समितिको गठन गरिनेछ ।
– गाउँपालिकावाट संचालन हुने योजना सकेसम्म ठुला निर्माण गरी साना योजना सञ्चालन गर्ने कार्यलाई निरुत्साहित गरिदै लगिने छ ।
राजश्व परिचालन
– गाउँपालिकाको राजश्व सुधार कार्ययोजना तर्जुमा गर्ने ।
– मुख्य राजश्वका स्रोतहरुः सम्पत्ति कर, घरनक्सा पास तथा अभिलेख दस्तुर, व्यवसाय कर, हाटवजार कर,मालपोत कर , वहाल विटौरी शुल्क, सम्पत्ति मूल्यांकन शुल्क, निवेदन दस्तुर को निर्धारण गरि सफ्टवेयर प्रणालीबाट असुली गर्ने व्यवस्था मिलाइनेछ ।
-आम जनतालाई कर तथा राजश्वको महत्वका वारेमा जनचेतना विस्तार गरिनेछ ।
-यस गाउँपालिकालाई पुजीगत विकासका लागि उल्लेखनीय कार्य जस्ले यस गाउँपालिकाका नागरिकको प्रतिष्ठामा वृद्धि, आर्थिक विकासमा उल्लेखनिय प्रगती हुने किसिमका आयोजना संचालनका लागि स्थानीय शासन सरकार संचालन ऐनमा व्यवस्था भए वमोजिमको ऋण लिने नीति लिइने छ ।
साहित्य संगीत ड्ड गाँउपालिकाको संगीत कर्मी उत्पादन गर्नका लागी पालिका ताराको खोजी कार्यलाई निरन्तरता दिइने छ ।
सामाजिक सेवा तथा समावेशी प्रबद्र्धन
– सामाजिक सुरक्षा भत्ता वितरणमा प्रभावकारी र पारदर्शी वनाइनेछ ।
– यस गाउ‘पालिका भित्रका युवा,महिला,दलित,फरक क्षमता भएका समुदायहरुलाई लक्षित गरी सीपमुलक तालिम तथा उद्यमशीलताको विकास गरी आत्मनिर्भरका कार्यक्रमहरु संचालन गरिने छ ।
– ६५ वर्ष नाघेका गाँउ पालिकाका बृद्ध बृद्धाहरुलाई गाँउपालिकाले परिचय पत्र वितरण गरी गाँउपालिका भरी निशुल्क यातायाता सुबिधा कार्यलाई निरन्तरता दिइने छ ।
– जनताको अधिकारका निमित शहादत प्राप्त गर्नुहुने शहीदहरुको सम्मानमा शहीद स्मृति पार्क निर्माण र अन्य रचनात्मक कार्यहरु संचालन गर्ने नीति लाई निरन्तरता दिइने छ ।
– दलित र अल्पसंख्यक समुदायका व्यक्तिहरुको लागि सामुदायिक संगठनहरुको प्रवद्र्धन र नेतृत्व विकासका कार्यक्रमहरु सञ्चालन गरिने

श्रीमान सभाध्यक्ष ज्यू
अव म आगामी आर्थिक वर्षको २०७६/७७ को वजेट तथा कार्यक्रमको संक्षिप्त विवरण पेश गर्न चहान्छु

सभाध्यक्ष महोदय,
गाउँसभाका सदस्यहरु,
सभाका सचिव लगायत कर्मचारी मित्रहरु,

उपस्थित सम्पूर्ण महानुभावहरु । नेपालको संविधानले सुनिश्चित गरेका प्रावधानहरुलाई व्यवहारत : रुपान्तरण गर्ने क्रममा सघींय शासन व्यवस्थाको मर्म अनुरुपको राजनीतिक, आर्थिक, सामाजिक तथा वित्तीय स्वायत्तता सहितको स्थानीय तहको शासन सञ्चालन गर्न गाउँ कार्यपालिका तथा गाउँ सभाको गठन भएको हो । सार्वभौमसत्ता सम्पन्न यस गाउँपालिकाका जनताहरुबाट राज्य शक्तिको प्रयोग गर्ने वैधानिकता प्राप्त भएको यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु । संघीयताको कार्यान्वयन यो हाम्रो लागि अवसर र चुनौति दुवै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई तल्लो निकायलाई अधिकार सम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागत योग्य छ । हामीलाई यो अवस्था सम्म ल्याउने प्रमुख वैधानिक आधार नेपालको संविधान निर्माण तथा कार्यान्वयनमा प्रत्यक्ष एवं परोक्ष ढंगले भूमिका खेल्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने आफ्नो सपनालाई विपनामा साकार बनाउने दौडानमा हाम्रो देशमा भएको सम्पुर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्नुहुने सम्पुर्ण शहीदहरु प्रति आजको दिन म भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
अध्यक्ष महोदय,
उपस्थित सम्पुर्ण महानुभावहरु,
गाउँपालिकाका अनगिन्ति समस्याहरु छन् सबै समस्याहरु एकै वर्षमा एकै समयमा समाधान गर्न सकिदैन । हाम्रा असिमित आवश्यकतालाई सिमित साधन र स्रोतले एकै चोटी पुरा गर्न नसकिने हुँदा यस आर्थिक वर्षमा आवश्यकतालाई प्राथमिकिकरण गरि देहाय वमोजिमका उद्देश्यहरु राखी यो वजेट ल्याएका छौं ।
उद्देश्य
१) गाउँपालिका भित्रका सबै नागरिकहरुका संबैधानिक अधिकारको रुपमा रहेका आश्यकताको परिपूर्ति गरि सबै नागरिकको जीवन स्थरमा सकरात्मक रुपमा परिवर्तन ल्याइनेछ ।
२) स्थानीय स्तरमा उपलब्ध श्रोत साधन अवसर र क्षमताको उच्चतम उपयोग गरि आर्थिक विकास गरिनेछ ।
३) सबै वर्ग र समुदायहरुको आर्थिक विकासका लागि सकरात्मक विभेदको नीति मार्फत आर्थिक बृद्धि गरि सबै वर्गलाई आर्थिक विकासको मूल प्रवाहमा समाहित गरिने छ ।
अध्यक्ष महोदय,
अव म आगामी आ.व. ०७६/७७ को वजेट तर्जुमा गर्दा यो वर्ष हासिल भएका भौतिक पूर्वधार, सामाजिक विकास , शैक्षिक उपलब्धी जस्ता विषयको संस्थागत विकास गर्दै पालिकाका सबै नागरिकहरुको सामाजिक र आर्थिक हित सम्र्बद्धन गर्न समान अधिकार, समान अवसर , श्रोत साधनको समन्यायिक वितरण र सामाजिक सुरक्षाको व्यवस्थामा विशेष ध्यान पु¥याउने गरि वजेट विनियोजन गरिएको छ । निर्वाह मुखी उत्पादनले समग्र पालिकाको विकास हाम्रो चाहाना अनुरुप हुने नदेखिएको हुँदा उत्पादनमा व्यवसायिकता र सामुहिकता हुने अवधारणवाट यो वजेट ल्याईएको छ ।

चालु आ.व. २०७५÷०७६ मा हामीले प्राप्त गरेका समष्टिगत आर्थिक उपलब्धिहरु आवधिक योजना २०७६÷०७७–२०८१÷२०८२ को निर्माण गरी हाम्रा आर्थिक विकासका दीर्घकालीन लक्ष्यहरु तय गरेका छौं विकासको मेरुदण्डको रुपमा रहेको सडक सञ्जाललाई पालिकाका सबै वडाहरु सम्म पु¥याई सकेका छौ । पालिकाले आफ्नो कार्यालय भवन निर्माण गरि आफ्नै भवनवाट कामकाज सञ्चालन गर्दै आएको छ ,पालिका र सबै वडा कार्यलयमा इन्टरनेट सेवा सुविधा उपलब्ध गराएको छ, पालिकामा डिजिटल माध्यमवाट नागरिक वडा पत्र सञ्चालित अवस्थामा छ , कार्यलय परिसरलाई सि.सि.टि.भी.को निगरानी भित्र समाहित गरिएको छ । त्यसै गरि कृषकको कृषि उपजलाई उचित वजार व्यवस्थानका लागि कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ । पालिकाको शिक्षाको गुणस्तर विकासको लागि नमुना विद्यालय घोषणा गर्ने , विद्यालयलाई प्रविधि मैत्री वनाउन तोकिएको विद्यालयहरुमा उचित मात्रामा कम्प्युटर वितरण गरिएको, कक्षा ८(आठ) पालिको स्तरिय परिक्षालाई अन्तर विद्यालय केन्द्र स्थापना गरि कोडिङ –डिकोडिङ प्रविधि सहितको परिक्षण प्रणालीको विकास गरिएको छ । गाउँपालिकालाई जिल्लाको सदरमुकाम दिक्तेल सम्म बाह्रै महिना सडक सञ्जाल संग जोड्नको लागि सिमानामा रहेको साप्सु खोलामा पक्कि पुल निर्माण थालनी गरिएको छ । स्वास्थ्य नै सबै भन्दा ठुलो धन भन्ने अवधारणालाई आत्मासाथ गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरि जन्माएका पालिका भित्रका नागरिकहरुवाट जन्मिएका नवजात शिशुहरुलाई पोषण युक्त खानाको व्यवस्था गर्न प्रति महिना १ (एक) हजारका दरले २ (दुइ) वर्ष सम्म नगदै उपलब्ध गराउने व्यवस्था गरिएको छ । नागरिकहरुको जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने पेशामा आवद्ध महिला स्वयम सेविकाहरुको लागि प्रति महिना रु.५००।– का दरले भत्ता प्रदान गरि आएकोमा आगामी वर्ष देखि २०० वृद्धिगरी ७०० पु¥याइने छ । उहाँहरुले गरेको सेवामा केहि मात्रामा भए पनि मलम पट्टि लगाइएको छ ।
त्यसै गरि खानेपानीको व्यवस्था, लक्षित समुहको जिवनस्तर उकास्ने कार्यक्रम, खेलकुद विकासका लागि खेलकुद कार्यक्रम र खेलकुद मैदान निर्माण, स्वास्थ्य शिविर र नागरिक्त्ता वितरण सहितको वृहत घुम्ति शिविर संचालन, कृषि तथा पशु विकासका लागि कार्यक्रमहरु संचालन गरिएको छ ।

सभाध्यक्ष महोदय,

हामी निर्वाचित भएर आएपछि दुइ २ वर्षको पूर्ण वजेट परिचालन गर्ने अवसर प्राप्त गरिसकेका छौ उक्त दुइ वर्षमा भएको आम्दानी र खर्चको संक्षिप्त विवरण प्रस्तुत गर्न चाहान्छु । आ.व. २०७४/०७५ मा पुँजीगत खर्च तर्फ २८ करोड २६ लाख ७८१ र चालु तर्फ १ करोड ९९ लाख ९८ हजार ९६८ यथार्थ खर्च भएको थियो भने आ.व. ०७५÷०७६ को लागि पुँजीगत तर्फ ३० करोड ९९ लाख १७ हजार र चालु तर्फ ३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान पेश गर्न चाहान्छु ।

अव म यस दिप्रुड चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

सभाध्यक्ष महोदय,
यस आ.व.मा आयतर्फ नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण (निशर्त अनुदान) अन्तर्गत रु ९ करोड २ लाख केन्द्रिय राजश्व वाडफाटबाट ६ करोड ९९ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ६९ लाख ९७ हजार , सवारी साधन कर तर्फवाट ५० लाख ८० हजार, यस गाउँपालिकाको राजश्व प्राप्तिवाट १० लाख ५० हजार , मालपोत रजिष्ट्रेशन शुल्कवाट प्राप्त हुने रु २ लाख ९० हजार र प्रशासनीक सुधारवाट प्राप्त हुने ५० लाख समेत जम्मा १७ करोड ८५ लाख १७ हजार प्राप्त भएको र सशर्त अनुदान तर्फ पूर्व निर्धारित क्षेत्रमै खर्च गर्नुपर्ने भएकाले सो तर्फ कुनै कार्यक्रम तय गर्नु पर्दैन । विभिन्न मन्त्रालयवाट तथा निकायवाट मन्त्रालयबाट नै तय भई आएको सशर्त अनुदान तर्फ शिक्षा तर्फ १२ करोड ३ लाख ४५ हजार, स्वास्थ्य सेवा तर्फ २ करोड ८५ लाख ७८ हजार, कृषि तथा पशु विकास तर्फ ७६ लाख ७९ हजार , पर्यटनपूर्वाधार विकास आयोजना अन्र्तगत धिप्लुङ झरना पर्यटन पूर्वाधार विकास रु २० लाख, खेलकुद विकास कार्यक्रम अन्र्तगत राष्ट्रपति रनिङ सिल्ड १ लाख ,राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रमको लागि १४ लाख २५ हजार, झुलुङगे पुल निर्माण कार्यक्रम अन्र्तगत दिखुवा दोभान खमारे दोभान झोलुङगे पुलको लागि ३५ लाख, साना सिंचाई कार्यक्रम अन्र्तगत विभिन्न सिंचाई आयोजनाको लागि १ करोड १० लाख १४ हजार , प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरगत ५ लाख २५ हजार गरी कुल जम्मा १७ करोड ४३ लाख तथा सामाजिक सुरक्षा भत्ताका लागि प्राप्त हुने रकम ६ करोड बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि १३ लाख ४३ हजार समेत ४१ करोड ५५ लाख २३ हजारको कुल वजेटको प्रक्षेपण गरेका छौ । कुल वजेट मध्ये गाउँपालिकाले व्यहोर्नु पर्ने अनिवार्य दायित्व भित्र रहेको प्रशासनीक तथा व्यवस्थापकीय व्यवस्थापनका लागि चालु तर्फ जम्मा रु. ५ करोड छुट्याईएको छ । उक्त रकम कुल खर्च गर्नका लागि छुट्याइएको रकमको करिब १२.% हुन आउँछ । यसै गरी पुँजिगत तर्फ छुट्याईएको रु १७ करोड ८५ लाख १७ हजार को २८ % हुन आउछ । वडा समितिको कार्यलयवाट वस्ति स्तर हुदै सहभागीता मुलक तवरले ल्याइएको कुल आयोजना तथा कार्यक्रमहरुको लागि र गाउँपालिका स्तरमा छनौट भएका आयोजना तथा कार्यक्रमहरुको लागि र आगामी वर्ष पनि गाउँपालिकाले निरन्तरता दिनु पर्ने कार्यक्रमको लागि जम्मा रु १२ करोड ८५ लाख १७ हजार योजना तथा कार्यक्रमका लागि विनियोजन गरेको छु । उल्लेखित वजेटको विष्तृत विवरण आगामी सभामा पेश गर्नेछु ।

सभाध्यक्ष तथा
गाउँ सभा सदस्य ज्यूहरु
यसरी आ.ब. ०७६।७७ को बजेट तथा कार्यक्रम र बजेट बनाउन सहयोग पु¥याउनुहुने गाँउ सभा, गाँउ कार्यपालिका, वडा समितिका पदाधिकारी ज्यूहरु, राजश्व परामर्श समिति,एकिकृत स्रोत अनुमान समिति बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति लगायत सम्पूर्ण विषयगत समितिका पदाधिकारी ज्यूहरु, बस्ती स्तरीय भेलादेखि सहभागी भई आयोजना कार्यक्रम छनौटमा प्रत्येक्ष र अप्रत्यक्ष रुपले सक्रिय जनसमुदाय, बजेट निर्माण प्रक्रियामा अहोरात्र खटि रहनु भएका कर्मचारी वर्ग लगायत बजेट निर्माण प्रक्रियामा सहभागी हुनुहुने एवं अमुल्य सुझाव, सहयोग, सद्भाव, सल्लाह दिनुहुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।

धन्यवाद ।

प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology