बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

स्तन क्यान्सर हुने लक्षण यस्ता हुन्छन्, जानीराखौं

  • प्रभाब न्युज
  • स्वास्थ्य
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


स्तन क्यान्सर हुने लक्षण यस्ता हुन्छन्, जानीराखौं

मानव शरीरमा रहेका कोषको वृद्धि र विभाजन शरीरको आवश्यकताअनुसार हुन्छ । तर कहिलेकाहीँ स्तनमा अनावश्यक रुपमा कोष वृद्धि हुन थाल्छ । यस्तो हुँदा क्यान्सरको जोखिम हुन्छ । कोषमा आउने अनावश्यक परिवर्तनका कारण स्तनमा गिर्खा, गाँठागुठी, घाउ निस्कने हुन्छ । जसलाई स्तन क्यान्सर भनिन्छ । शारीरिक रुपमा कम सक्रिय हुनु, व्यायामसमेत नगर्ने भएका कारण स्तन क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ्दो छ ।

रोगका कारण

सामान्यतया स्तनवरिपरि गिर्खा वा गाँठागुठी आएमा क्यान्सर नै भइहाल्ने हो कि भन्ने सोचिन्छ । तर, नरम गाँठा आउनासाथ म्यान्सर भइसकेको हुँदैन जंकफड खाँदा, वंशानुगत गुण, मदिरा वा सुर्तीजन्य पदार्थ सेवन गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा कमी आउँछ । अनि, क्यान्सर हुने सम्भावना रहन्छ । हार्मोनमा गडबडी आउनु, परिवार नियोजनको साधन पिल्सको अत्यधिक प्रयोग गर्नु वा जिनमा खराबी आएमा स्तन क्यान्सर हुन्छ । यस्तै, लामो समयसम्म बच्चालाई दुध नखुवाउनु, बाँझोपन, महिनावारी गडबडी पनि स्तन क्यानसरका कारण हुन् ।

कसरी थाहा पाउने ?

फोका उठ्नु स्तन क्यान्सरको पहिलो लक्षण हो । स्तनमा डल्ला आउँदैमा क्यानसर भइसकेको हुँदैन । तर, कतिपय अवस्थामा डिनाइनका कारण फोका देखिने हुन्छ । जुन क्यान्सरको लक्षण होइन । तर, अधिकांश महिला फोका आउनासाथ क्यान्सर नै होला भनेर झुक्किएराखेका हुन्छन् । स्तनमा भेटिएको गिर्खा कडा हुँदै गएमा, नहल्लिने भएमा र बढ्दै गएमा स्तन क्यान्सरको लक्षण हो भन्ने बुझ्नुपर्छ । यदि त्यो डल्ला सामान्य रुपमा चल्ने छ भने त्यो हाइड्रो एडिडोमाको लक्षण हो । यसबाहेक स्तनमा दागहरु देखापर्नु, मुन्टा भित्र जानु, छालामा निको नहुने घाउ आउनृु आदि पनि स्तन क्यान्सरका लक्षण हुन् ।

उपचार

क्यान्सर भएको झट्टै थाहा नहुने हुँदा स्तनको नियमित जाँच गराइराख्नु नै बुद्धिमानी हुन्छ । स्तनमा गाँठा देखिँदा महिनावारीको कारणले भएको हो भन्ने भ्रम व्याप्त छ । यस्तो भ्रम पाल्ने कारण स्तन क्यान्सर भएको ढिलो पत्ता लाग्ने गर्छ । अनि, रोग जटिल हुँदै जान्छ । स्तन क्यान्सरको उपचार यसको आकार र अवस्था हेरेर हुन्छ । महिनावारी हुनुअघि र पछिका छुट्टाछुट्टै विधि छन् । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थरापी तथा टार्गेटेड थेरापीबाट क्यान्सरको उपचार गर्न सकिन्छ ।

प्रकाशित मिति : बिहिबार, असार ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology