सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

लामीडाँडा विमानस्थलमा परिक्षण उडान, स्थानीय हर्षित



लामीडाँडा विमानस्थलमा परिक्षण उडान, स्थानीय हर्षित कालोपत्रे गरिएको लामीडाँडा बिमानस्थलमा मंगलबार अवतरण गरिएको जहाज । तस्बिर : उत्तम चौलागाँई

खोटाङ – खोटाङको लामीडाँडा बिमानस्थलमा कालोपत्रे भएपछि परिक्षण उडान सफल भएको छ । एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थलमा मंगलबार समिट एयरलाईन्सको बिमानले सफल परिक्षण उडान भरेको हो ।

नेपाल नागरिक उड्यान प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा बिमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख बिनायक भट्टराईले बताए ।

बिमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले बिमानस्थलमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा परिक्षण उडान कार्यक्रम राखेको थियो ।

कुल ५६० मिटर लम्बाई भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाई र २० मिटर चौडाईमा कालोपत्रे गरिपछि बिमानस्थलमा बा¥हैमास उडान हुने भएको छ । निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा बिमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो ।

सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गुज्रेपछि थप भएको ७ महिनाको म्याद पनि ठेकेदारले गत २०७५ साल असोजमै गुजारेको थियो ।

स्तरोन्नती गरिएको लामीडाँडा बिमानस्थलमा निरन्तर उडान भर्नका लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । ‘धेरै ठाउँमा बिमानस्थल कालोपत्रे भए तर नियमित उडान हुन सकेको छैन । तर, लामीडाँडा विमानस्थलमा हप्तामा दुई÷तीन वटा उडान भर्ने व्यवस्था मिलाउने छौँ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘नजिकै रहेको त्रि–धार्मिकस्थल हलेसी अन्र्तराष्ट्रिय पर्यटन केन्द्र बन्दै छ । ६३५ मेगावटको दुधकोसी हाइड्रोपावर यही ठाउँमा सञ्चालन भइरहेकाले यो विनमास्थलमा नियमित उडान हुन्छ ।’

 

लामीडाँडा विमानस्थल खोटाङका तीन विमानस्थलमध्ये सबैभन्दा पुरानो हो । सो बिमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीयले उपयोग गर्ने गरेका छन् ।

जिल्लाका खानीडाँडा, थामखर्क र लामीडाँडा विमानस्थल कालोपत्रे भएका छन् । सदरमुकाम दिक्तेलबाट सवैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल भने जिर्णोदार भएपछि मर्मतको कार्य भईरहेको छ । हाल खानीडाँडा विमानस्थल अवरुद्ध अवस्थामा छ । थामखर्क विमानस्थल भने संचालनमा रहेको छ । लामीडाँडा विमानस्थल संचालनमा आएसंगै सर्वसाधरण हर्षित भएका छन् ।

प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology