सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

नेपाली सञ्चारमाध्यमले सामाजिक मर्यादा बिर्संदै गए : प्रधानमन्त्री



नेपाली सञ्चारमाध्यमले सामाजिक मर्यादा बिर्संदै गए : प्रधानमन्त्री

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमले ‘सामाजिक मर्यादा बिर्संदै’ गएको आरोप लगाएका छन्।

‘नेपाली भाषामा तपाईं भन्ने शब्द छ । तर हाम्रो टेलिभिजनले तपाईं भन्न जान्दैन। हाम्रो भाषाको आफनै धर्म छ, शैली छ। तर सञ्‍चारमाध्यमहरुले सामाजिक सञ्‍जाललाई गुरु थापेर त्यसै अनुसारको कार्यशैली अंगालेका छन्। यसरी कस्तो समाज सिर्जना हुन्छ?’ प्रधानमन्त्रीले भर्खर सकिएको पत्रकार सम्मेलनमा भने।

खास गरी गुठी विधेयकबारे प्रष्टोक्ति र युरोप भ्रमणबारे जानकारी दिन भनी अपर्झट बोलाएको पत्रकार सम्मेलनमा ओलीले सञ्‍चारमाध्यमप्रति पनि असन्तुष्टि पोखेका हुन्।

‘हामी कसैलाई लक्षित गरेर गाली गर्छौं तर त्यसले सार्वजनिक रुपमा धेरै असर पार्छ । मुख्यतः बालबालिकामा गंभिर असर गर्छ,’ उनले भने।

प्रधानमन्त्रीले ‘आफुलाई विद्धान भन्न रुचाउनेहरु’ ले बोलेका कुरामा अभद्रता, अमर्यादा मात्रै भेटिने टिप्पणी पनि गरे।

प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology